नेपालीभाषी चेलीलाई दुर्व्यवहार गर्ने भारतीय कुटनीतिज्ञलाई १२ करोड जरिवाना
News, विश्व समाचार 5:42 AM
न्यूयोर्क (अमेरिका), फागुन १२ – अमेरिकामा एक नेपालीभाषी चेलीलाई दुर्व्यवहार गर्ने भारतीय कुटनीतिज्ञलाई अमेरिकी अदालतले १५ लाख अमेरिकी डलर (झण्डै १२ करोड नेपाली रुपैँया) जरिवानाको फैसला गरेको छ । नेपालीभाषी शान्ति गुरुङलाई यातना दिने र आफ्ना परिवारलाई समेत भेट्न नदिने भारतीय परराष्ट्र मन्त्रालयको दक्षिणी डिभिजनकी निर्देशक निना मलहोत्रा र उनका श्रीमान् जोगेशलाई न्यूयोर्क अदालतले झण्डै १२ करोड रुपैँया क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
‘मलहोत्रा दम्पतिले पूर्व कामदारलाई बिना पारिश्रमिक काम गराएको, राहदानी र भिसा नियन्त्रणमा लिएको, घरबाट बाहिर जान नदिएको देखिन्छ’, न्यायनधिस फ्र्यांक मासले बिहीबार गरेको फैसलामा भनिएको छ, ‘घरबाट बाहिर निस्केमा पक्राउ गरेर कुटिने र बलात्कार गरेर भारत पठाइने भन्दै धम्क्याइएको छ ।’ अब यो फैसला मुख्य न्यायाधिस भिक्टर म्यारेरोले अनुमोदन गर्नुपर्ने न्यूयोर्क टाइम्सले जनाएको छ ।
गुरुङलाई न्यूनतम् ज्याला पनि नदिएको र भाग्न चाहेमा प्रहरीले पक्राउ गरेर कुटपिट गर्ने धम्की दिने गरेको एन्वाईपोष्टले लेखेको छ । गुरुङ सन् २००९को जुलाईमा मलहोत्रा घरमा नभएको बेला भागेर नेपालीभाषी संघसंस्थाको शरणमा पुगेकी थिइन् ।
मलहोत्रा दम्पतीले शान्ति गुरुङलाई १७ वर्षकी छँदा सन् २००६ मा अमेरिका लगेका थिए । गुरुङ भारतको दार्जिलिङकी स्थायी बासिन्दा हुन् । गुरुङमाथि तीन वर्षदेखि मलहोत्राले अमाननीय व्यवहार गरेको, आफ्ना परिवारलाई पनि भेट्न नदिएको, कागजपत्र जफत गरेको र आर्थिक शोषण गरेको भन्दै भन्दै सन् २०१० मा अदालतमा मुद्दा दर्ता भएको थियो ।
अदालतमा मुद्दा चलेपछि भारतीय परराष्ट्र मन्त्रालयले मलहोत्राको बचाउ गरेको थियो । भारत सरकारले उच्च अधिकारी माथि तथ्यहीन आरोप लगाइएको बताउँदै आएको थियो ।
मलहोत्रा अहिले पनि भारतीय विदेश विभागमा कार्यरत छिन् भने गुरुङ भारतमा छिन् । –एजेन्सीको सहयोगमा