भक्तपुर प्रशासनले टोलटोलमा ग्यास वितरण गर्ने
News, अर्थ/वाणिज्य 4:20 AM
१७ फागुन, भक्तपुर । खाना पकाउने ग्यासको चरम अभाव भएपछि जिल्ला प्रशासन कार्यालय, भक्तपुरले टोलटोलमा ग्यास वितरण गर्न पहल गर्ने भएको छ । ग्यास वितरणमा एकरुपता ल्याउन र बिक्रेताको मनोमानी र कालोबजारी गरी ग्यास बिक्री गर्ने प्रवृत्ति रोक्न प्रशासनले ग्यास बिक्रेता र उपभोक्ताको लगत राखी टोलटोलमा ग्यास बिक्री गर्न लागेको हो ।
ग्यास बिक्रेता तथा उपभोक्तासँगको छलफलपछि प्रशासनले ग्यास वितरण प्रणालीलाई सहज बनाउन ग्यास डिष्ट्रिव्युटर सङ्घको नेतृत्वमा वितरण व्यवस्थापन गरी डिपोमार्फत टोलटोलमा वितरण गर्ने र त्यसमा सुरक्षाको व्यवस्था प्रशासनले मिलाउने कामु प्रमुख जिल्ला अधिकारी यामप्रसाद सुवेदीले बताउनुभयो ।
यसका लागि ग्यास वितरण गर्नुअघि नै बिक्रेताले आफ्नो ग्राहकलाई अगि्रम जानकारी गराउने तथा सूचना टाँस गरी जानकारी गराउने छ । यसले अव्यवस्थितरुपमा भाएको ग्यास बिक्रीलाई नियन्त्रण गर्ने र कालोबजारीलाई निस्तेज पार्ने बताइएको छ । रासस