Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

मलेसियामा ४५ वर्ष उमेर कटेकालाई मलेसियाले भिसा नदिने भएकाले घर र्फकनुपर्ने स्पष्ट पारेको छ ।



  फाल्गुन २८  - मलेसियामा जारी वैधता कार्यक्रम (सिकसपी) मा सहभागी ४५ वर्ष उमेर कटेका अवैध नेपालीहरू वैध बन्न नपाउने भएका छन् । मलेसियाली कानुनअनुसार कम्तीमा १८ देखि बढीमा ४५ वर्षसम्मकाले मात्रै काम गर्न अनुमति पाउने भएकाले त्योभन्दा बढी उमेरका नेपालीले वैध बन्न भिसा नपाउने भएका हुन् ।
यहाँस्थित नेपाली दूतावासले वैध हुने क्रममा रहेका ४५ वर्ष उमेर नाघेका नेपालीलाई मलेसियाले दिएको समयभित्रै घर र्फकन आग्रह गरेको छ । हाल उमेर नाघेका कतिपय अवैध नेपाली वैध बन्न प्रयासरत छन् तर दूतावासले ४५ वर्ष उमेर कटेकालाई मलेसियाले भिसा नदिने भएकाले घर र्फकनुपर्ने स्पष्ट पारेको छ । '१८ वर्षदेखि ४५ वर्षसम्म उमेर भएकालाई मात्र भिसा दिने मलेसियाली कानुनी प्रावधान छ ।' दूतावासका कार्यकारी राजदूत लेखनाथ भट्टराईले शुक्रबार भने ।
अवैध कामदार वैध बनाउने नीतिअनुरूप करिब आठ महिनाअघिदेखि थालिएको आममाफी कार्यक्रमअन्तर्गत अवैध नेपालीमध्ये कतिपय ४५ वर्षभन्दा बढी उमेरका छन् । उमेरको हद कटेकै कारण वैध बनेर काम गर्ने इच्छा हुँदाहुँदै पनि धेरैले भिसा नपाएको वैधता कार्यक्रम व्यवस्थापनको जिम्मा पाएको एक संस्थाका सदस्यले बताए ।
दूतावासका अनुसार वैध बन्ने क्रममा रहेका ४५ वर्ष उमेर नाघिसकेका नेपाली र वैध बन्न नचाहने नेपाली जतिसक्दो छिटो स्वदेश र्फकनुपर्ने छ । वैध बन्न बाँकी रहेकालाई मलेसियाले तेस्रो पटक आगामी अपि्रल १० सम्मका लागि म्याद थपेको छ ।
हाल जारी वैधता कार्यक्रममा हजारौं नेपालीहरू वैध बन्ने प्रक्रियामा सामेल भइरहेका छन् । कतिपय पूर्णरूपमा वैध भइसकेका छन् । मलेसियाली सरकारले केही महिनाअघि सार्वजनिक गरेको एक तथ्यांक अनुसार यहाँ अवैध रूपमा रहेका नेपालीमध्ये करिब ३३ हजार दर्ता भएका थिए ।
दूतावासका अनुसार तीमध्ये १० हजारभन्दा बढी नेपाल फर्किसकेका छन् भने अन्य केही र्फकने क्रममा छन् । यो संख्याबाहेक घर र्फकनेमा औंठाछापसहितको उक्त दर्ता प्रक्रिया (बायोमेटि्रक सिस्टम) मा सहभागी नभएकाहरू पनि छन् ।

Posted by Arghakhanch Online on 12:49 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for मलेसियामा ४५ वर्ष उमेर कटेकालाई मलेसियाले भिसा नदिने भएकाले घर र्फकनुपर्ने स्पष्ट पारेको छ ।

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com