ओइलाएको फुल हुँ म त सानु
News, साहित्य 9:47 AM
ओइलाएको फुल हुँ म त सानु
फुलेको फुल लाई रोज्ने गर
यता उती उडिरहने भमरा लाई होइन सानु
सधैं भरी फुलको रसमा डुब्ने लाई रोज्ने गर
मेरो पवित्र माया लाई विश्वाश गर्न सकीनौ साथी
एकै ठाउँ बस्ने लाई होइन हजारौ सँग हिंड्ने लाई रोज्ने गर
म् जस्तो गरीब दिन दुखी लाई दुख्ख दिने होइन साथी
सावन को भेल सरि उर्ली रहेको लाई रोज्ने गर
निभेको दियो फक्रेको पात लाई हेरेर के गर्नु
सधैं भरी रोएर सिरानी भिज्यो हासेर के गर्नु
सुकेको डलिको फुल हुँ म त सानु लगेर के गर्छौ
तिम्रै हुँ भन्नेले त छोडेर गए सानु मेरो माया लगेर के गर्छौ
लेखक ;
तुल्सिराम पाण्डे
राङ्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल