Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

हवाई भाडा बढ्यो

काठमाडौं, फागुन १६ -निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले आगामी बिहीबार (फागुन १८) बाट लागु हुने गरी हवाई भाडा बढाउने निर्णय गरेका छन्। निजी वायुसेवाहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको सोमबार बसेको बैठकले भाडा बढाउने निर्णय गरेको हो।नेपाल आयल निगमले गत शनिबार 'एयर टर्बाइन फ्युल' (हवाई इन्धन) को भाउ प्रतिलिटर ४ रुपैयाँ बढाएर १ सय ९ पुर्‍याएपछि वायुसेवा सञ्चालकहरूले पनि भाडा बढाएका हुन्। 
'न्यूनतम ५० देखि १ सय ६० रुपैयाँसम्म भाडा बढाउने निर्णय भएको छ,' गुण एयरलाइन्सका बजार प्रबन्धक प्रज्ज्वल थापाले सोमबार नागरिकसँग भने, 'यसबाट यात्रुलाई मर्का पर्ने भए पनि बाध्य भएर बढाउनुपरेको हो। लागतभन्दा सस्तोमा जहाज उडाउन नसकिने भएपछि बढाउनुपर्‍यो।'
अब नयाँ भाडा दरअनुसार काठमाडौंबाट सबैभन्दा नजिक हवाई दुरीमा रहेको सिमरा जान २ हजार ४ सय ९० रुपैयाँ लाग्छ भने टाढाको धनगढी जान ९ हजार ३ सय ८० रुपैयाँ तिर्नुपर्छ। यी सबै भाडा दर करसहित हुन्। सबै भाडा 'नर्मल' हुन्। अब नर्मल, मध्यम र सस्तो (ब्राभो) सबै वर्गमा भाडा बढ्ने छ।
आगामी बुधबारसम्मका लागि सिमराको भाडा २ हजार ४ सय ४० र धनगढीको ९ हजार २ सय २० रुपैयाँ रहने छ। सिमराका लागि ५० रुपैयाँ र धनगढीलाई १ सय ६० रुपैयाँ भाडा बढ्ने भएको हो।
बिहीबारबाट माउन्टेन फ्लाइटलाई १ सय ५५, विराटनगर ९५, भद्रपुर १ सय १५, भैरहवा ८५, भरतपुर ५५, जनकपुर ६०, नेपालगन्ज १ सय २० र पोखरा जान थप ७० रुपैयाँ बढी तिर्नुपर्छ।
अब माउन्टेन फ्लाइटका लागि ८ हजार ५ सय ८० रुपैयाँ, विराटनगर ५ हजार ४ सय ५०, भद्रपुर ६ हजार २ सय ३५, भैरहवा ४ हजार ७ सय ९०, भरतपुर २ हजार ८ सय ६५, जनकपुर ३ हजार २ सय ९०, नेपालगन्ज ६ हजार ८ सय ४० र पोखरा जान ३ हजार ८ सय ५० रुपैयाँ तिर्नुपर्छ।
यसअघि इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेर १ सय ५ भएपछि उनीहरूले गत माघ ७ मा पनि भाडा बढाएका थिए। त्यसबेला न्यूनतम ६० देखि २ सय ५० रुपैयाँसम्म भाडा बढेको थियो।
त्यसबेला बुद्ध एयर, गुण र अग्नि एयरले भाडा बढाए पनि यती एयरलाइन्सले भने बढाएको थिएन। 'माघमा बढाएनौं,' यतीका एक अधिकारीले भने, 'अब भने बढ्छ।'
२०६७ फागुन २६ सम्म हवाई इन्धन प्रतिलिटर ८० रुपैयाँ थियो। भोलिपल्ट ९० रुपैयाँ पुगेको थियो। निगमले गत वैशाख २५ मा प्रतिलिटर १ सय रुपैयाँ पुर्‍याएको थियो। माघमा फेरि प्रतिलिटर ५ रुपैयाँ बढाएको थियो। वायुसेवा सञ्चालकका अनुसार जहाज सञ्चालन गर्दा लाग्ने कुल खर्चको ४० देखि ५० प्रतिशतसम्म हवाई इन्धनमा खर्च हुने गरेको छ।
प्रत्येक दुई वर्षमा हवाई भाडा पुनरावलोकन गर्ने सरकारी नीति छ। सरकार र निजी वायुसेवा सञ्चालकबीच हवाई इन्धन मूल्य घटबढ भए 'फ्युल सरचार्ज' पनि समायोजन गर्न पाउने सहमति छ। वायुसेवा सञ्चालकले सरचार्ज भन्ने गरे पनि यात्रुका लागि भाडा तलमाथि हुने गर्छ। सरचार्ज हवाई टिकटमै उल्लेख भएको हुन्छ।
सरकारले हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँसम्म तलमाथि भए वायुसेवा सञ्चालकलाई हवाई भाडा त्यही अनुपातमा घटबढ गर्न दिने निर्णय विगतमै गरेको थियो। (नागरिकन्युज बाट ) 

Posted by Arghakhanch Online on 8:15 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for हवाई भाडा बढ्यो

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com