Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

मनिषाको जीवनीमाथि फिल्म बन्दै

नायिका मनिषा कोइराला पछिल्लो समयमा विभिन्न विवादमा फस्दै आएकी छिन् । यसबाट उनको जीवनमा अहिलेको क्षण निकै दुखद क्षण हो की भन्ने अड्कल काट्नेहरु धेरै छन् । तर मनिषाका लागि यी दिन केवल दुखका मात्र होइन निकै खुसीयालीका दिन समेत सावित भैरहेका छन् । खुसी यस अर्थमा की उनको जिवनमा आधारित बलिउड फिल्म बन्ने भएको छ ।
निर्माता मधुर भन्डारकरले बनाउन लागेको बहुप्रतिक्षित फिल्म हिरोइन मनिषाकै जिन्दगीको व्यवसायिक तथा व्यक्तिगत उतारचढावमा आधारित रहने भारतीय संचार माध्यमहरुले जनाएका छन् । यो फिल्ममा करीना कपूरले अभिनय गर्दैछिन् ।
बलिउड फिल्म उद्योगमा नब्बेको दशकमा सफलताको शिखरमा पुगेकी मनीषाको साख त्यसपछि भने गिर्दैगयो र विभिन्न विवादमा फस्न थालिन् । उनी रक्सीको लतमा फस्दै गएको र डिप्रेसनको सिकार समेत भएको भन्ने खबर पनि बाहिर आए । त्यसपछि बलिउड छाडेर नेपाल आएर राजाको सासनको समर्थन गर्दै अलोकपि्रयता समेत कमाएकी मनिषाले बिहेबारी पनि गरिन् अनी केही नेपाली फिल्ममा समेत अभिनय गरिन् । तर त्यसपछि मनिषाले अरु नेपाली फिल्म खेल्न पाइनन् र उनको वैवाहिक जिवन पनि फुटको संघारमा पुगिसकेको छ ।
वास्तवमा मनिषा कोइरालाको जिवनका कुनैपनि विषय नलुकेको र उनको जिवन खुला किताब जस्तै रहेको बलिउड समीक्षकहरु बताउँछन् । उनी पछिल्लो समयमा सार्वजनिक पार्टीहरुमा मदिराको नशामा मस्त देखिन्छिन् । उनको बिग्रँदो वैवाहिक जिवन पनि चर्चामै रहेको छ ।
फिल्म हिरोइन अभिनेत्री मर्लिन मुनरोको जिवनमा आधारित हुने कुरा यसअघि बताइएको थियो । तर अहिले भने उक्त फिल्म मनिषाको जिन्दगीमा आधारित रहेको खबर आएको छ । यद्यपि निर्माता मधुरले भने यो फिल्म मनिषाको जिन्दगीमा मात्र आधारित नभएको दाबी गरेका छन् ।

Posted by Arghakhanch Online on 7:05 AM. Filed under , , , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for मनिषाको जीवनीमाथि फिल्म बन्दै

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com