Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

गुल्मीमा आगलागीका घटना बढे, लाखौंको क्षती

गर्मी मौसम शुरु हुनेबित्तिकै गुल्मीमा आगलागीका घटना बढ्न थालेका छन्। जिल्लाका विभिन्न भागमा भएका आगलागीका घटनामा लाखौंको क्षति भएको छ।सदरमुकाम तम्घासमा विद्यार्थीहरुको कोठामा आगलागी हुँदा डेढ लाखबराबरको क्षति भएको छ । अमरमुर गाविस-४ घर भई अर्जुन बोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थी बसेको तम्घास गाविस-१ निवासी केदार पाण्डेको घरमा आगलागी भएको हो। कक्षा ६ मा पढ्ने अमित भण्डारी र ३ मा पढ्ने धनिश्वर भण्डारी बस्ने कोठामा विद्युत् सर्ट भई आगलागी हुँदा उनीहरुका लत्ताकपडा कापी-किताब नगदसमेत जलेर नष्ट भएको छ। कोठाबाट शुरु भएको आगोले घरमा समेत करिब ६० हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आफूहरु स्कुल गएको बेला आगलागी भएपछि अध्ययन र सुत्नका लागि केही बाँकी नरहेको अमितले बताए। उनका बाबुआमा अमरपुर घरमै बस्दै आएका छन्। आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको पहलमा करिब डेढ घण्टापछि नियन्त्रणमा आएको थियो।
यस्तै पराल्मी गाविस-३ का शिवप्रसाद पोखरेलको घर र बाबुराम पोखरेलको गोठमा पनि आगलागी हुँदा करिब ५ लाखबराबरको क्षति भएको छ। घरमा रहेको अन्नपात लत्ताकपडा कागजपत्र र नगद जलेको पीडितहरुले बताएका छन्। उता पूजा गर्न बालेको अगरबत्तीबाट सल्किएको आगोले गुल्मीको इस्मा रजस्थलमा साढे ८ लाखबराबरको क्षति भएको छ। इस्मा रजस्थल-५ सिरारका नरबहादुर जिसीको बड्डालो मानिस पनि बस्न मिल्ने गरी बनाइएको गोठ मा आगलागी हुँदा सो क्षति भएको हो। आगलागीका कारण गरगहना लत्ताकपडा अन्न घाँस र महत्वपूर्ण कागजपत्रसमेत गरी ८ लाख ३५ हजार २ सय ५० रुपियाँबराबरको क्षति भएको पौदी अमराई प्रहरी चौकीले जनाएको छ।
नेपाल समाचारपत्रबाट

Posted by Arghakhanch Online on 6:12 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गुल्मीमा आगलागीका घटना बढे, लाखौंको क्षती

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com