नेपाल आउने रेमिट्यान्स ३७ प्रतिशतले बढ्यो
News, अर्थ/वाणिज्य 10:49 PM
१२ फागुन, काठमाण्डौ । बिदेशमा काम गर्ने नेपालीहरुले पठाउने रेमिट्यान्समा गएको ६ महिनामा ३७ प्रतिशतले बृद्धि भएको छ ।
नेपाल राष्ट्र वैंकले बिहीवार जारी गरेको पछिल्लो ६ महिनाको आर्थिक सूचकको समिक्षामा यो अबधिमा १ खर्ब ६२ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको उल्लेख छ । यो रकम अघिल्लो बर्षको यहि अबधिको तुलनामा ३७ दशमलब एक प्रतिशतले बढि हो ।
बिदेशमा बस्ने नेपालीले पठाएको रेमिट्यान्स रकम बढेपछि नेपालका बाणिज्य वैंकहरुमा निक्षेप बढेको र राष्ट्र वैंकसँग बिदेशी मुद्राको संचिती बढेको कारोवार दैनिकले छापेको छ ।बिगत बर्षहरुमा रेमिट्यान्स रकम कम हुँदा वैंककरुमा तरलता अभाव देखिएको थियो । जसले गर्दा वैंकहरुमा लगानी गर्ने पैसा अभाव भई ब्याजदर उच्च भएको थियो । तर यसबर्ष भने बिदेशबाट नेपालीले पठाउने पैसा बढेका कारण गत पुसमा वैंकहरुको ब्याजमा एक प्रतिशतले कमी आएको छ । अहिले वैंकहरुसँग ८५ अर्ब ६८ करोड वचत थपिएको छ ।