Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

नरपानीमा चुनढुंगा उत्खनन गर्न खोजे प्रतिकार गर्ने चेतावनी


फाल्गुन १७ वीरेन्द्र केसी

अर्घाखाँची - कम्पनीले चुनढुंगा पुनः उत्खनन गर्न खोजे स्थानीय गाउँलेले प्रतिकार गर्ने चेतावनी दिएका छन । उनीहरुले चुनढुंगा उत्खनन सधैका लागि बन्द भएको दावी गरेका छन ।
 
ढुंगा उत्खननले खानेपानीको मुहान सुकेको भन्दै चार महिना देखि खानी नजिकैका गाउँलेले विरोध गरेपछि उत्खनन कार्य ठप्प भएको हुँदै आएको छ । जिल्लाको नरपानीको नर्तनाञ्चल पहाडबाट ६ वर्षदेखि डाईनष्टिक कम्पनीले चुनढुंगा उत्खनन गर्दा पटक-पटक विवाद भई बन्द हुँदै खुल्ने गरेपनि यस पटक लामो समयसम्म बन्द भएको छ । गाउँले सडकमै उत्रिएर विरोध गरेपछि उत्खनन कार्य पुनः खुल्नेमा अन्योल छ । कम्पनीले २०५५ सालमा गरेका सम्झौता र त्यसपछि जिल्लामा भएका आठ बुँदे सम्झौता लागु नगरि अर्घाखाँचीबाट ढुंगा निकालेर भारत लगेको भन्दै विरोध गरेका हुन । जिल्लामै उद्योग स्थापना गर्ने जिल्लावासीलाई रोजगार दिनुपर्ने खानेपानीका मुहान संरक्षण र व्यवस्थित गर्नुपर्ने लगायतका माग थिए ।
 
खानेपानीका मुहान सुकेको र जिल्लामा उद्योग स्थापना नगरेपछि गाउँलेले नरपानी चुनढुंगा उत्खनन रोक्का संघर्ष समिति गठन गरेर विरोध गर्दै आएका छन । नरपानीको उक्त पहाडबाट सदरमुकाम सन्धिखर्क लगायत ३२ गाउँमा जाने खानेपानीका मुहान सुक्न थालेकोले अब  ढुंगा उत्खनन गर्न कुनै हालतमा पनि दिदैनौ स्थानीय आन्दोलनका अगुवा लक्ष्मण कंडेलले भने नरपानीको डाँडो हराउँदा जिल्लाको पर्यटकीय स्थल मरुभुमिमा परिणत हुन्छ आधा जिल्लालाई पुगेको खानेपानी सुक्छ त्यसैले अब सधाकै लागि बन्द हो ।  ढुंगा बेचेर पहाड मास्नु भन्दा पर्यटकीय क्षेत्र बनाएर र  जंगलमा पाईने जडिबुटी र टिमुर बेचेर बढी आम्दानी लिन सकिने उनको दावी छ । 

नरपानी खाँचीकोट सितापुर पाली अडगुरी लगायतका गाविसका गाउँलेले उत्खनन गर्न नदिने दावी गरेका छन । गाउँ परिषदबाट समेत उत्खनन बन्द गर्नुपर्ने निर्णय गरेका छन । अब चुनढुंगा उत्खनन दलका नेता मन्त्रालय र सरकारले चाहेर पनि खुलाउन सक्दैन कसैले कोशिस गरे कडा प्रतिवाद गछौ र उनले भने पहाडलाई मासेर मरुभुमि बनाउने होईन पर्यटकीय स्थल बनाउने हो । उद्योगले यहाँको चुनढुंगा नरपानीबाट उत्खनन गरि कपिलवस्तुको चन्द्रौटा मार्फत भारत लैजादै आएको थियो । लामो समयसम्म बन्द भएपछि कम्पनीले स्काभेटर टिप्पर लागयतका मेसिनहरु खानीबाट हटाएको छ ।
 
खानेपानीको मुहानलाई व्यवस्थित गरि स्थानीयलाई सहज रुपमा खानेपानीको सुविधा उपलब्ध गराउन उद्योगले सहयोग गर्ने डाईनेष्टिक कम्पनीका महाप्रवन्धक महेन्द्र रावलले बताए । उत्खनन कार्य बन्द हुँदा दैनिक १८ लाख रुपैयाँ घाटा हुदै आएको उनले बताए ।  ६ वर्षसम्म उत्खननमा काम गर्दै आएका स्थानीय कामदारहरुले समेत जागिर छाडेर बन्द गराएका छन । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर केसीले नरपानीको चुनढुंगा जिल्लाको हितमा नभएकाले बन्द गराउनुको विकल्प नभएको बताए । कम्पनीले जिल्ला विकास समितिलाई उत्खननबाट ४० लाख रुपैया वर्षमा रोयल्टी तिर्दै आएको छ ।

खाँचीकोटका स्थानीय विष्णुप्रसाद भुसालले कम्पनीले सम्झौता अनुसार काम नगरेकाले बन्द गर्नुपरेको बताए । खानी नजिकैका लगायत सबै जनता खानी खोल्न दिने पक्षमा छैननु उनले भने उद्योगी र राज्यले स्थानीय गाउँलेको भावनालाई कदर गर्नुपर्छ । संचालनमा आएका उद्योग कलकारखानाहरु बन्दै गराउनुपर्छ भन्ने भावना नरहेपनि गाउँलाई विस्थापित गराएर खानी संचालन गर्न नमिल्ने भन्दै गाउँले आक्रोशित छन ।  सरकारले ५० वर्षका लागि चुनढुंगा उत्खनन गर्न अनुमति दिएको छ । तीन वर्ष अघि अर्घाखाँची सिमेन्ट प्रालि नाम राखेर ठाडा गाविसको डोहोटेमा सिमेन्ट उद्योग स्थापना गर्ने सहमति भएपनि १३२ केभी विद्युत लाईन अभावमा उद्योग स्थापना हुन सकेको छैन ।

उत्खनन कार्य बन्द भएपछि खानी विभागका उपसचिव तथा माईनिङ्ग ईन्जिनियर रामप्रसाद घिमिरे उपसचिव धर्मराज खानल सदस्य सचिव उत्तम श्रेष्ठ कानुन मन्त्रालयका उपसचिव श्रीलाल पौडेल स्थानीय विकास मन्त्रालयका भगराज खतिवडा लगायतको उच्चस्तरीय टोलीले केहि दिन अघि नरपानीको चुनढुंगा उत्खनन स्थलमा अध्ययन गरेको थियो । Source : अर्घाखाँचीडट्कम

Posted by Arghakhanch Online on 8:43 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for नरपानीमा चुनढुंगा उत्खनन गर्न खोजे प्रतिकार गर्ने चेतावनी

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com