Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

कम्प्युटर वा ल्यापटप चलाउँदा ध्यान दिनुपर्ने केहि सानाकुराहरु !


तपाईं कम्युटर वा ल्यापटप चलाउनु हुन्छ! तपाईं आफुले चलाएको कम्प्युटर वा ल्यापटपमा वेलालामा समस्याहरु पनि भोगी राख्नु भएको होला। कम्प्युटर वा ल्यापटप चलाउन विज्ञ हुनुपर्छ भन्ने छैन, चलाउँदै जाँदा सिक्ने कुरा धेरै छन्। केही ससाना कुरामा मात्रै ध्यान दिए चलाउन सहज लाग्दै जान्छ। खेल्दाखेल्दै धेरै सिक्न पनि सकिन्छ। यस्ता ध्यान दिनैपर्ने ससाना विषय के-के छन् त?

माउस क्लिक कसरी गर्ने?

सबभन्दा पहिला माउस क्लिक गर्ने तरिकाबाटै सुरु गरौं। कुनै पनि आइटम सेलेक्ट गर्न वा खोज्न डबल क्लिक गर्नु हुँदैन। कहिलेकाहीँ डबल क्लिक गर्दा पनि महत्वपूर्ण सामग्री जिप फाइल भएकाले नखुल्ने हुन्छन्। खुलिहाले एकैपटक ह्वार्रर आउँछन्। कहिलेकाहीँ यसरी फाइल खुल्ने क्रम नरोकिएर कम्प्युटरै रिस्टार्ट गर्नुपर्ने अवस्था आउँछ।

कम्प्युटर बिग्रिए:

अचानक कम्प्युटर बिग्रियो भने पनि आत्तिनुपर्दैन। कम्प्युटर खोल्न खोज्दा बिग्रिएको कारण उसैले दिन्छ। कम्प्युटरले दिने 'इरर कोड' टिपेर गुगलमार्फत् खोज्यो भने बिग्रनुको कारण पत्ता लाग्छ। समाधानको उपाय पनि त्यहीँ पाइन्छ। ठूलै समस्या नआई विज्ञ डाक्नुपर्दैन।

पानी पोखिए:

डेक्सटप वा ल्यापटपमा तरल पदार्थ पोखिए, सकेसम्म त्यसलाई भित्र जान नदिने प्रयास गर्नुपर्छ। पोखिइहाले सटडाउन गर्नतिर नलागी सबभन्दा पहिला ब्याट्री वा कनेक्सनहरू छुटाउनुपर्छ। कनेक्सन छुटाइसकेपछि सुख्खा बनाएर फेरि जडान गरे चल्न थाल्छ।

महत्वपूर्ण फाइल मेटिए:

काम गर्दागर्दै झुक्किएर महत्वपूर्ण सामग्री डिलिट हुन सक्छ। काम नलाग्ने भन्ठानेर फालेको सामग्री पनि पछि आवश्यक पर्न सक्छ। यस्तोमा आत्तिनुपर्दैन। ती सामग्री फर्काउन सकिन्छ। यसमा get databack, recuva, testdisk जस्ता सफ्टवेयरले सहायता गर्छन्। यी सफ्टवेयर प्रयोग गरी कम्प्युटरको हार्ड डिस्क, पेन ड्राइभ, हार्ड ड्राइभ, मेमोरी कार्डजस्ता जुनसुकै भण्डारण उपकरणबाट डिलिट गरिएका सामग्री फर्काउन सकिन्छ।
फाइलहरू ओसारपसार गर्न पेनड्राइभ, मेमोरी कार्डजस्ता उपकरण साटासाट गर्दा डिलिट गरिसकेको ठानिएका गोप्य र संवेदनशील सामग्री अरू कसैले यसैगरी फर्काउन सक्छ। त्यसैले यस्तो उपकरण अरू कसैलाई दिँदा वा फाल्दा ध्यान पुर्‍याउनु राम्रो।
साना उपकरण मात्र होइन, कम्प्युटरै कसैलाई दिन वा बेच्नुपरे हार्डड्राइभ पूर्ण रूपमा मेटाउनुपर्छ। सामान्य फर्म्याट गरेर मात्रै पुग्दैन, ghost, barik's boot, nuke जस्ता सफ्टवेयरमार्फत् फर्म्याट गरी सम्पूर्ण रूपमा ड्राइभ खाली गर्नुपर्छ।

कम्प्युटर 'स्लो' भए:

कम्प्युटर चलाउँदै जाँदा आफैंलाई सुस्त भएको महसुस हुन्छ। यस्तो किन हुन्छ भने, हामी इन्टरनेट चलाउँदा विभिन्न किसिमका सफ्टवेयर डाउनलोड र इन्स्टल गरिरहेका हुन्छौं। यसरी अनावश्यक र इच्छा नहुँदा-नहुँदै इन्स्टल भएका सफ्टवेयर जम्मा हुँदै जाँदा कम्प्युटरलाई भार बढ्छ र सुस्त हुन्छ। त्यसैले बेला-बेला कन्ट्रोल प्यानलमार्फत् यस्ता सफ्टवेयर सकेसम्म बढी फाल्नुपर्छ। अत्यावश्यक भएरै कुनै सफ्टवेयर इन्स्टल गरे पनि आवश्यक पर्ने मात्रै अप्सन छान्नुपर्छ। 
विभिन्न कारणले कतिपय एप्लिकेसनका आइकन टाक्स बारमा आफैं आएर बस्छन्। थाहै नपाई यस्ता आइकन बढ्दै जाँदा कम्प्युटरको र्‍याम बढी प्रयोग हुन्छ। कम्प्युटर खुल्न धेरै बेर लाग्छ, खुलेपछि पनि काम सुस्त हुन्छ। त्यसैले, टास्क बारबाट अत्यावश्यक बाहेकका आइकनहरू हटाउनुपर्छ।बेलाबेलामा आफ्नो कम्प्युटरमा डिश्क-क्लिनअप,क्लिनअप जस्ता सफ्टवेयरहरु चलाएर आफ्नो कम्प्युटरमा बस्ने अनावस्यक अस्थाई फायलहरु ह्टाउन सकिन्छ।

कम्प्युटर सुरक्षित राख्न:

माइक्रोसफ्ट वर्ड चलाउँदा प्राविधिक विषयको दस्तावेजमा म्याक्रोजहरू छनौट गरी त्यसको अभिलेख राख्ने गरिन्छ। बुझ्नुपर्ने कुरा के हो भने, यस्ता म्याक्रोजका कोडहरू नै भाइरस बनाउन प्रयोग हुन्छन्, जसले काम नै बिगारिदिन सक्छ। त्यसैले वर्ड चलाउँदा अरू कसैले छनौट गरेको म्याक्रोजहरू निस्क्रिय बनाउनुपर्छ। प्रक्रिया : Word Options-Trust Center-Trust Center Settings- Macro Settings-disable.
विन्डोज सेभेन वा भिस्टामा सुरक्षाका लागि युजर एकाउन्ट कन्ट्रोल राखिएको हुन्छ। जुनसुकै सफ्टवेयर इन्स्टल गर्दा पनि यसले तपाईंलाई रोक्छ र इन्स्टल गर्न लागिएको सफ्टवेयर कत्तिको विश्वासयोग्य हो भनेर सोध्छ। सामान्यतया यो कम्प्युटरकै सेक्युरिटीका लागि हो, तर विश्वासयोग्य नभई इन्स्टल नगरिने हुँदा यस्ता सोधपुछले दिक्क बनाउन सक्छ। पटकपटक यो छेकबार आउन नदिन कन्ट्रोल प्यानल हुँदै युजर एकाउन्ट कन्ट्रोलमा गएर निस्त्रि्कय बनाउनुपर्छ। 
एउटै कम्प्युटर धेरैजनाले चलाउन अलगअलग युजर बनाइन्छ। आफैंले चलाउँदा भने एडमिन एकाउन्टबाट लग-इन गर्ने गरेको पाइन्छ। यसले कम्प्युटरलाई हानी पुर्‍याउनसक्छ। एडमिनबाट चलाउँदा कुनै किसिमको भाइरस वा समस्या आए, त्यो बिनारोकटोक मुख्य प्रणालीमा प्रवेश गर्छ र काम बिगार्छ। त्यसैले छुट्टै युजरनेम बनाएर कम्प्युटर चलाउनुपर्छ।

ल्यापटपको ब्याट्री चाँडै सकिए:

ल्यापटपको ब्याट्री चाँडै सकियो भनेर हामी हैरान हुने गर्छौं। किन त्यसो भयो भन्नेमा चाहिँ ध्यान दिँदैनौं। ब्याट्री बढी टिकाउने कुन किसिमको पावर सेभिङ विकल्प छान्ने हो भन्ने सुविधा हुन्छ। कन्ट्रोल प्यानलको पावर अप्सन्समा गएर कम ब्याट्री प्रयोग हुने विकल्प छान्न सकिन्छ। वाइफाइ नटिप्ने ठाउँमा ल्यापटप चलाउने हो भने वाइफाइ अप्सन बन्द नगर्दा ब्याट्री चाँडै सकिन्छ, किनभने उसले इन्टरनेट कनेक्सन खोजिरहेको हुन्छ।

बेलाबेला कम्प्युटर रिस्टार्ट भए:

तपाईंको कम्प्युटरमा हार्डवेयरको खराबीले यस्तो समस्या आउनसक्छ। यसका लागि विशेषगरी कम्प्युटर कति र कहाँ तात्तिएको हो छुट्ट्याउनुपर्छ। सिपियू फ्यान, पावर सप्लाईजस्ता सामग्रीमा धुलोमैला पसेर अवरोध आएको हुनसक्ने भएकाले बेलाबेला आफ्नो कम्प्युटर सफा गरिरहनुपर्छ।

Posted by Arghakhanch Online on 1:11 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कम्प्युटर वा ल्यापटप चलाउँदा ध्यान दिनुपर्ने केहि सानाकुराहरु !

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com