Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

एक महिलाले ६ लाख दिने सर्तमा श्रीमानको हत्या गराएको खुलासा

फाल्गुन १२ विराटनगर - लेटाङकी एक महिलाले ६ लाख दिने सर्तमा आपराधिक समूहमार्फत श्रीमान्को हत्या गराएको खुलासा भएको छ । ३९ वर्षीय सुन्दरी राईले श्रीमान् राजमणिको हत्या गर्न लगाएको पुष्टि भएको हो ।
उनलाई प्रहरीले सञ्चारकर्मीसामु बिहीबार सार्वजजिक गर्‍यो । सुन्दरीले घटनालाई स्वतःस्फुर्त स्वीकारेकी छन् । बाह्य युवतीसँग शारीरिक सम्बन्ध बढाएर आफूलाई मानसिक यातना दिएका कारण फागुन १ गते आपराधिक समूहलाई ५० हजार एडभान्स दिएर हत्या गराएको सुन्दरीले बिहीबार सञ्चारकर्मीलाई बताइन् ।
'अत्यन्तै मानसिक र शारीरिक यातना दिन्थ्यो', उनले भनिन्, 'उसको यातनाबाट मुक्त हुनका लागि ठूलो रकम खर्चेर हत्या गराएको हुँ ।' उनका अनुसार करिब एक महिना पहिलादेखि हत्या गर्ने योजना गरिएको थियो । त्यस अवधिभर अनुकूल मिलेन । राईले भनिन्, 'फागुन १ गते ससुरालीबाट र्फकने क्रममा चिसाङ खोलाको बगरमा खुकुरीले काटेर मार्न लगाएको हुँ ।'
श्रीमान्को हत्या गराएर सेतो कपडा ओढेर शोक मनाउँदै गरेको स्थितिमा प्रहरीले सुन्दरीलाई फागुन ३ गते नियन्त्रणमा लिएको थियो । प्रहरीले बाबुको हत्या गर्न आमालाई सहयोग गरेको अभियोगमा उनकी छोरी गीता राईलाई पनि नियन्त्रणमा लिएको छ । गीताले पनि बाबुको हर्कत सहन नसकेकाले हत्यामा आमालाई साथ दिएको बताएकी छन् ।
५० हजार एडभान्स लिएर राईको हत्या गर्ने समूहका पाँच जनालाई प्रहरीले बुधबार काठमाडांैमा पक्राउ गरी मोरङ ल्याएको छ । पक्राउ पर्नेमा हीरालाल सेवा, डिल्ली देवान, किरण बुढाथोकी, मिलन लामा र प्रताप राई छन् । उनीहरूलाई प्रहरीले पिंगलास्थानस्थित खोटाङ, हलेसी गेस्टहाउसमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए ।
उनका अनुसार मृतक, सुन्दरी र हत्यामा संलग्न युवाको मोबाइल कल डिटेलका आधारमा हत्यारा पत्ता लागेका हुन् । उनीहरूमध्ये सेवाले सुन्दरीसँग ५० हजार एडभान्स लिएर हत्याको ठेक्का लिएको र बाँकी ५ लाख ५० हजार हत्यापछि लिने सहमति भएको थियो । राईले भनिन्, 'हत्यालगत्तै सबैजना पक्राउ परेपछि बाँकी रकम हत्याको ठेक्का लिनेलाई दिन परेन ।'
मृतक राई भारतीय गोर्खा सैनिक हुन् । उनी ४० दिनको घर बिदामा आएका थिए । उनको खोटाङकी एक महिलासँग हिमचिम थियो । राईले भनिन्, 'दुई सातासम्म ऊ खोटाङमै बस्यो । खोटाङमै हुँदा हत्या गर्ने उद्देश्यले रकम एडभान्स लिने केटालाई पठाएको थिएँ तर त्यहाँ सम्भव भएन ।'
केटाहरू खोटाङबाट फर्केर मोरङ आएपछि राजमणिको हत्या गर्न नसक्ने भनेको र त्यसो भए एडभान्स रकमको दोब्बर फिर्ता गर नभए तिमीहरूकै हत्या गर्न लगाउँछु भनेर आफूले धम्की दिएपछि हत्या गरेको उनले बताइन् । उनले भनिन्, 'पतिको हत्या गराएर मलाई पछुतो छैन ।'

Posted by Arghakhanch Online on 1:42 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for एक महिलाले ६ लाख दिने सर्तमा श्रीमानको हत्या गराएको खुलासा

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com