Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

फेसबुकमै जब्सको जिवनी (भिडियो सहित)


एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सको निधन भएको ४ महिना भएको छ । जब्सको निधनपछि पनि एप्पल कम्पनीले आफ्नो रफ्तार छाडेको छैन तरपनि व्यक्तिको मृत्युपछि बिर्सिँदै जाने संस्कार भएकाले जब्स पनि जनसाधारणको स्मृतिबाट क्रमशः टाढा हुँदैछन् । तर जब्सको सम्झनालाई ताजा बनाइराख्ने र उनको बारेमा बुझ्न चाहनेका लागि पर्याप्त सामाग्री उपलब्ध गराइदिने प्रयास स्वरुप एकजना अनलाइन फ्यानले फेसबुक टाइमलाइन मार्फत जब्सलाई अमर बनाउने कोसिस गरेका छन् ।
सिंगापूरका पि|mलान्स आइप्याड डेभलपर सिमोन लाउले तयार पारेको उक्त फेसबुक सामाग्रीमा स्टिभ जब्सका जिवनका इतिबृत्त समावेश गरिएको छ । जसमा उनको जन्मदेखि मृत्युसम्मका सबै विषय समेटिएको छ । असहाय बालक स्टिभलाई पाउल जब्स र क्लारा जब्स दम्पतीले धर्मपूत्र बनाएर भित्राएदेखि उनको जिवनका हरेक उतारचढाव समेट्ने कोसिस लाउले गरेका छन् ।
फेसबुक टाइमलाइनमा लाउले तयार पारेको जब्सको जिवनी सम्बन्धि सामाग्रीलाई फेसबुकले यसअघि हटाएको भएपनि फेरी पुनस्र्थापित गरेको हो । जब्सको जिवनीको टाइमलाइनमा उनको रुचीका ब्याण्ड, मनपर्ने खेलाडि वाइने ग्रेट्स्की लगायतका सन्दर्भ पनि जोडिएको छ ।
सयौँ तस्वीर तथा भिडियो समावेश गरिएको टाइमलाइन सिर्जना गर्न दुइ हप्ता लागेको लाउले बताए । स्टिभको अचम्मको जिवनकथा बुझ्न चाहनेको लागि आफुले फेसबुक टाइमलाइन तयार पारेको उनको भनाइ छ । टाइमलाइनमा जब्सको नेतृत्वमा रहँदा एप्पल कम्पनीले सार्वजनिक गरेका प्रडक्ट, उनको विद्यार्थी जिवन तथा उनले जितेका अवार्ड लगायतका विषय पनि समावेश गरिएको छ ।
भिडियो तल दिइएको छ ।

Posted by Arghakhanch Online on 1:47 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for फेसबुकमै जब्सको जिवनी (भिडियो सहित)

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com