Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

वेलकम टु टाइमलाइन

काठमाडौ, फाल्गुन १२ - छिट्टै फेसबुक भित्ता (वाल) बिनाको हुँदैछ । सामाजिक सञ्जालको सबैभन्दा ठूलो खेलाडी फेसबुकले गर्न लागेको यो परिवर्तनले चर्चा नपाउने कुरै भएन । त्यसमा पनि तन्नेरी माझ । ठूलै राजनीतिक परिवर्तन, 'लाइक' र 'हेट' देखि प्रयोगकर्ताको 'इमोसन' सम्म देखाउने भित्तो अब टाइमलाइन (समयरेखा) बन्दै छ । साथै प्रोफाइल पनि हट्ने भएको छ । फेसबुकले गर्न लागेको यो परिवर्तनले प्रयोगकर्तालाई कस्तो असर गर्ला ?

'गुगल' गर्नुभयो भने संसारभरका ठूला पत्रिकाले यसलाई समाचार बनाएका छन् । नबनाउन पनि कसरी ? ८० करोडभन्दा बढी प्रयोगकर्ता भएको सबैभन्दा प्रख्यात सामाजिक सञ्जालले न आँट गरेको हो । आँट कसरी भने, कुनै पनि वेबसाइटले आफ्नो देखिने संरचना (इन्टरफेस) वा सुविधामा थपघट गर्नलाई ठूलै अनुसन्धान गर्छन् ।

ती माथि गुगल (जी) प्लस र अन्य प्रतिस्पर्धीले फेसबुकको सानो खोट देखिसहँदैनन् । समय नतोकिए पनि सबैका लागि उपलब्ध भइसकेको र छिट्टै सबैमा लागू हुने टाइमलाइनबारे कम्पनीले पक्कै केही सोचेको छ । किनभने कुनै समय विश्वकै कान्छा अर्बपति बनेका फेसबुक जन्मदाता मार्क जुकरबर्गले त्यत्तिकै यस्तो गरेनन् होला । उनकै भनाइ मान्ने हो भने यस्तो परिवर्तनले फेसबुकलाई अझ परिस्कृत गर्नेछ ।

'लाखौं व्यक्तिले घन्टौं समय खर्चेर आफ्नो प्रोफाइलबाट कथा सुनाउँछन्, हाम्रो काम तपाईंहरू सजिलै आफ्ना कुरा भन्न सक्ने वातावरण बनाउन खोज्नु हो,' मार्क जुकरबर्गलले टाइमलाइनबारे गरेको सम्बोधनमा भनेका छन्, 'टाइमलाइन तपाईंको जिन्दगीको पूरै कथा हो र यसमा तीन पक्ष छन् ः तपाईंका कथा, एप्स र आफूलाई चिनाउने नयाँ बाटो ।'

उनको भनाइलाई फेसबुकले गर्न लागेको परिवर्तनबारे आएका सबै समाचारले समर्थन भने गर्दैनन् । गुगलमा गएर कसरी टाइमलाइन हटाउने भनेर सर्च गर्नुभयो भने त्यसको पुष्टि हुन्छ । धेरै वेबसाइटले हटाउने तरिका सिकाएका छन् । जुन काम लाग्दैन । एकपटक एक्टिभेट गरिसकेपछि टाइमलाइन हटाउन मिल्दैन । हटाउनै नमिल्ने गरी आएको टाइमलाइनले के परिवर्तन ल्याउला त ?

पहिलो असर केही अन्तर्राष्ट्रिय ब्रान्डमा देखिन थालेका छन् । साँच्चै भन्ने हो भने टाइमलाइनले विज्ञापन गर्न यस्ता कम्पनीलाई नयाँ व्यवस्था मिलाइदिएको छ । जहाँ स्थापनादेखिका उत्पादन र प्रयोगकर्ताबारे जानकारी दिन सजिलो बनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि टाइमलाइन ब्रान्डिङको बाटो भएको बताएका छन् ।

तर जुकरबर्गले भने जस्तै फेसबुकले ध्यान दिने भनेको यसका सर्वसाधारण प्रयोगकर्ता हुन् । टाइमलाइनले हामीजस्ता प्रयोगकर्तालाई के देला त ? पक्कै प्रयोगकर्ताले यसबाट धेरै नयाँ पाउँदैछन् । फेसबुक टाइमलाइनले प्रयोगकर्ताको 'भर्चुअल' बायोडाटा बनाउँदै छ । आफूले काम गरेका कम्पनी र त्यहाँ भोगेका अनुभवलाई स्पष्ट देखाउनेछ ।

जन्मदेखि पछिल्लो दिनसम्म भएका हरेक महत्त्वपूर्ण घटना सम्हाल्ने माध्यम यो वेबसाइट हुँदैछ । केही वर्षमै इमेल गरिने बायोडाटामा थप जानकारीका लागि फेसबुक पेज हेर्नुहोला भन्ने सूचना आउँदैन भन्न सकिँदैन । त्यो किन पनि भने पछिल्लो समय फेसबुकबाट प्रयोगकर्ताको क्षणिक 'इमोसन' बाहिर ल्याएर समस्या भएका धेरै उदाहरण छन् ।

रिसको झोंक वा ज्यादै खुसी भएर यसमा राखिएका विचारले कतिका जागिर गएका छन् भने कतिको सम्बन्ध सुधार भएको छ । साथै माफी माग्ने ठाउँ पनि फेसबुक नै भएको छ । अर्को फाइदा व्यक्तिगत सम्बन्धमा पनि पर्दैछ । फेसबुककै कारण सम्बन्ध जोडिएका हजारौं उदाहरण छन् । टाइमलाइनले आफ्नो साथी -त्यो प्रेमीप्रेमिका पनि हुन सक्छन्) बारे सबै कथा सजिलै भन्न खोज्दैछ ।

यसले विवाह गर्नुअघि छिमेकीलाई वा नातेदारसँग जानकारी लिने बानी परिवर्तन गर्न नसक्ला भन्न सकिँदैन । तपाईं फेसबुक टाइमलाइनको प्रयोगकर्ता भइसक्नुभएको छ भने थप सुविधा प्रयोग गर्नु भएकै होला । जुन https://www.facebook.com/about/timeline/apps बाट चलाउन सकिन्छ । जसबाट तपाईंले फेसबुकमा लाइक, कमेन्ट र फार्मभिलामात्र नभएर धेरै कुरा गर्न सजिलो बनाइएको छ ।

उदाहरणका लागि सामान खरिद-बिक्री र म्युजिकका लागि फेसबुक अड्डा बन्न खोज्दैछ । लेख तयार पार्दासम्म फेसबुकको एप्सभित्र रहेको म्युजिकले ६ वटा वेबसाइटलाई आफूभित्र तानेको छ । जसमा मनपर्ने गीत सुन्न, आफूले सुनेको गीत अरूलाई देखाउन सहयोग गर्छ । ट्राभल एप्सभित्र रहेको सुविधाले तपाईंलाई यात्राबारे जानकारी दिन र त्यसबारे अरूलाई बताउन सहयोग गर्छ ।

लौ, एप्सको मार्केटप्लेस जानुस् त । त्यहाँ नेपाली रेस्टुरेन्टदेखि फलामे हस्तकला र मोबाइल फोनसम्म बिक्रीमा राखिएका रहेछन् । हाल करिब ८० एप्स फेसबुकमा राखिएको छ । बलिउडका गीत-संगीत सुनाउने कम्पनी पनि यसमा आकषिर्त हुन थालेका छन् । अर्को कुरा, फेसबुकमा साथीले गरेको ट्यागबाट दिक्क हुनुभएको छ ?

टाइमलाइनमा गएपछि तपाईंले अरूले गरेको 'ट्याग' लाई पनि 'रिभ्यु' गर्ने मौका पाउनु हुनेछ । यसबाट ट्याग भएका कुरा आफ्नो टाइमलाइनमा ल्याउने/नल्याउने निर्णय गर्न सजिलो भएको छ । यसका लागि प्राइभेसी सेटिङमा गएर सुविधा लिन सकिन्छ । अब कुरा गरौं यसका केही बेफाइदाको । यसको सबैभन्दा ठूलो बेफाइदा भनेकै यो अनिवार्य हुनु हो ।

एकैपटक अनिवार्य गर्ने योजना नबनाएर यसलाई सुविधाका रूपमा ल्याएको भए विस्तारै सबै प्रयोगकर्ता यसतर्फ लाग्ने थिए कि ? धेरै प्रयोगकर्ताले टाइमलाइनमा सबै कुरा छरपष्ट भएको र फेसबुक चलाएको फिल नहुने बताउँछन् । साथै आफ्नै फोटाहरू धेरै ठूलो आउँदा अधिकांस अल्मलिएका छन् । टाइम्स अफ इन्डियामा प्रकाशित एक लेखमा जावेद अनवरले सोफोस नामक कम्पनीले टाइमलाइनबारे गरेको अध्ययन खुलाएका छन् ।

जसमा ४ हजारबीच गरिएको अध्ययनमा अधिकांशले टाइमलाइनले झस्किएको र अब के होला भन्ने जिज्ञासा राखेका थिए । अनुसन्धानमा ८ प्रतिशतले मात्र यसलाई राम्रो मानेका छन् । करिब ३२ प्रतिशतले आफ्नो व्यक्तिगत विवरण सजिलै बाहिर जाने भएकाले फेसबुक विकल्पबारे चर्चा गरेका छन् ।

कम्प्लेन्टरिभ्यु नामक वेबपोर्टलमा एक युवतीले टाइमलाइनबाट दिक्क भएको र ह्याकरै प्रयोग गरेर भए पनि यसलाई हटाउने उल्लेख गरेकी छन् । उनलाई आफ्नो सम्पूर्ण प्राइभेसी टाइमलाइनमार्फत देख्ने भएर दिक्क लागेको रहेछ । तर यी गुनासा क्षणिक हुने पक्का छ । किनभने फेसबुकले टाइमलाइनमा पनि प्राइभेसी राख्न सक्ने अप्सन दिएको छ । अनि त्यहाँ आउने फोटोको आकारलाई पनि घटबढ गर्न मिल्छ ।

हाम्रोमा टाइलाइनले ल्याउने समस्या फरक छ । त्यो हो इन्टरनेटको गति । द्रुत गतिको इन्टरनेट सेवा कमै प्रयोग गरिने हामीकहाँ टाइमलाइन लोड हुन लाग्ने समयले दिक्क लगाउन सक्छ । अर्कोतर्फ मोबाइल प्रयोगकर्तालाई पनि यसले खासै खुसी नबनाउला ।

मोबाइलमा जीपीआरएसबाट फेसबुक चलाउनेका लागि यो सुविधाले धेरै पैसा खर्च गराउनेछ । तर जेहोस् टाइमलाइनको जतिले गुनासा गरेका छन् ती सबैले फेसबुक ज्यादै मन पराउँछन् । कामै नलागे फेसबुकले यसलाई फेरि परिवर्तन गर्न नसक्ने पनि त होइन ।

Posted by Arghakhanch Online on 1:48 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for वेलकम टु टाइमलाइन

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com