Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

३ करोड लिएर युवती बेपत्ता

कपिलवस्तु, फाल्गुन १२ - स्थानीय बासिन्दासँग उठाएको ३ करोडभन्दा बढी नगद उठाएर कपिलवस्तु, आनन्दबागकी एक युवती बेपत्ता भएकी छन् । 
धेरै ब्याज दिने भन्दै ३५ वर्षे वसन्ती गिरीले बजारका व्यापारी, कर्मचारी, सञ्चारकर्मी र सर्वसाधारणबाट रकम उठाएकी थिइन् । 
उनी आइतबारबाट एकाएक हराएपछि घटना बाहिर आएको हो । गिरीले एक लाखको मासिक ३० हजार ब्याज दिने भन्दै रकम असुल गर्ने गरेकी थिइन् । आइतबार बिहान मन्दिरमा पूजा गर्न जान्छु भन्दै उनी घरबाट निस्केकी थिइन् । अधिकांशलाई सुरुसुरुमा भनेअनुसार ब्याज पनि दिइन् । अलि बढी शंकालु र केरकार गर्नेलाई विश्वास जित्नका लागि रकम लिएर २/४ तोला सुन पनि जमानी भन्दै दिन्थिन् । 
करिब ३/४ वर्षदेखि यस्तो काम गर्न लागेकी उनले ब्याज पनि दिने र थोरधेर जमानी पनि दिने कुरा रकम दिएकाबाट सुनेर धेरैले रकम लगानी गरेका थिए । रकम लगानी गर्ने ५० भन्दा बढी भए पनि २/४ जनाबाहेक एकले अर्कालाई चिन्दैनथे । एकजनाले एक लाखदेखि ३५ लाखसम्म लगानी गरेका छन् । उनले सकभर रकम, नभए सुन भए पनि लिन्थिन् । 

५/७ जनासँग कागज गरेर रकम लिएकी छन् भने अन्यसँग रकम बुझाएको कुनै प्रमाण छैन । गिरीले गत भदौसम्मको ब्याज भनेर सबैलाई रकम बुझाइसकेकी छन् । त्यसपछिबाट कसैलाई दिने कसैलाई नदिने गरेकी थिइन् । ब्याज नपाउने उनको घरै गएर रकम माग्न थालेपछि उनी समस्यामा परेकी थिइन् । पछिल्लो दुई सातायता कतिपय रकम लगानी गर्ने सर्वसाधारण उनलाई भेट्न रातिे घर जाँदा पनि उनी भेट नहुने गरेको ३ लाख लगानी गर्ने आनन्दबागकै ममता थापाले बताइन् ।
सबैभन्दा पछिल्लोपटक १० दिनअघि उनले रंगपुरका पंकज उपाध्यायले ३ लाख ६० हजार नगद र १० तोला सुन गिरीलाई दिएका बताए । बुधबार बिहान गिरी फरार भएको खबर पाएपछि उनको घर पुगेका उपाध्याय निकै चिन्तित छन् । उपाध्यायले घरमा कसैलाई थाहै नदिई रकम र सुन दिएका थिए । 

त्यस्तै गिरीलाई आनन्दबागकै दिपु कसौधनले एक लाख, जोगु केवटले एक लाख २५ हजार र शम्भु केवटले १ लाख ५० हजार दिएका थिए । उता आनन्दबागकै दलु गिरीलेे ९ लाख, अर्जुन कसौधनको १ लाख र बनारसी बनियाले दुई लाख दिएको बताए । कपिलवस्तु नगरपालिका-४ की सरिता आचार्यले तमसुक गरी ९ लाख दिएकी थिइन् । उनी जमानी बसेर थप १५ लाख रुपैयाँ गिरीलाई लगानी गरेकी थिइन् । 
त्यस्तै आनन्दबागकै लीला सिंहले पनि तमसुक गरेर गिरीलाई २ लाख बुझाएको बताइन् । त्यस्तै तौलिहवाकै सुरेशलाल श्रीवास्तवले १४ लाख, रफिक मोहम्मदले ८ लाख ५० हजार र शंकर अधिकारीले ५ लाख गिरीलाई दिएको बताए । त्यस्तै तिलौराकोटका गंगाराम गिरीले ६ लाख र रोमलाल गिरीले ८ लाख वसन्तीलाई दिएको बताए । रकम लगानी गर्नेमा समाजमा प्रतिष्ठित र कर्मचारी पनि छन् । केहीले भने लाज र समाजको डरले नाम भन्न हिच्किचाइरहेका छन् । राष्ट्रिय अनुसन्धानका डीएसपीदेखि ३ वटा टेलिभिजन च्यानलमा काम गर्ने ३ सञ्चारकर्मी पनि ठगिएका छन् । तर अनुसन्धानका डीएसपी रमेशचन्द्र यादवले आफूले रकम नदिएको बताए । यसरी करिब ५० जनाबाट गिरीले ३ करोड बढी रकम संकलन गरेको अनुमान गरिएको छ । कतिपयले भने साँवा र ब्याज दुवै असुली गरेर राम्रो फाइदामा छन् । 

यसरी गैरकानुनी रूपमा रकम असुली गर्ने वसन्त गिरी भने सामान्य परिवारकी व्यक्ति हुन् । अविवाहित उनले कहाँ कसका लागि रकम संकलन गर्थिन्, त्यो कसैलाई थाहा छैन । कसैले यो रकम कहाँ लगानी गर्नुहुन्छ भन्दा चिनियाँ सामान खरिद गर्न लगानी गर्ने गरेको उनी बताउँथिन् । उनी मिटिङ छ भनेर जिप र कार भाडामा लिई बुटवल जान्थिन् तर गाडीचालकलाई ३ घन्टा घुमेर आउनु भन्दै आफू जाने गरेको चालक बताउँछन् । 
उता छोरी ४ दिनदेखि सम्पर्कबिहिन वनेपछि गिरीका परिवारजन भने चिन्तित छन् । छोरीले गर्ने कारोबारबारे आफूहरूलाई कुनै जानकारी नभएको र उनी कुनै ठूलै गिरोहको फन्दामा परेको हुन सक्ने ७४ वर्षीया आमा भवीदेवी गिरीले बताइन् ।

Posted by Arghakhanch Online on 2:46 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for ३ करोड लिएर युवती बेपत्ता

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

ताजा समाचार>>>

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com