Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

ब्वाइफ्रेन्डसित भाग्न १५ बर्षे किशोरीद्वारा अपहरणको नाट

१६ चैत, महानगरीय प्रहरी वृत्त बानेश्वरमा बिहीबार दिउँसो चार बजे एक महिला अत्तालिदै आइन् र आफ्नी छोरी अपहरणमा परेको उजुरी लेखाइन् । उनकी १५ वर्षीया छोरी अपहरणमा परेको शंका गर्ने प्रशस्त आधार थिए ।
‘दिदीलाई कालो सिसा भएको सेतो भ्यानमा हालेर दुईजना केटाले लिएर गए भन्नु है !’ तीनकुनेस्थित सुविधानगर बस्ने सलोना भण्डारीले भाइहरू सिदक भण्डारी र सौगात श्रेष्ठलाई यसै भनेर घर पठाएकी थिइन् । सुविधानगरबाट तीनकुने चोकसम्म हिडेर सगै आएकी दिदीले सिकाएकै कुरा सिदकले आफ्नी ठूलीआमालाई सुनाए ।
सातदोबाटोमा घर बनाउने काममा व्यस्त रहेकी सलोनाकी आमा प्रतीक्षाकहा तत्कालै यो खबर पुग्यो । आत्तिदै उनी घर आइन् । छोरासित सोधपुछपछि छोरी ‘सलोना’ अपहरणमा परेको निष्कर्षमा पुगेलगत्तै नजिकै रहेको महानगरीय प्रहरी वृत्त बानेश्वर कार्यालयमा रिपोर्ट गरिन् ।प्रहरीले उजुरीलाई गम्भीर रूपमा लियो । तत्काल अनुसन्धानमा प्रहरी टोली खटायो । सलोनासगै हिड्दै गएका सिदक र सौगातलाई पनि कार्यालयमा झिकाइयो । प्रहरीले पहिले सिदकसग घटना विवरण बुझ्यो, उसको जवाफ पहिलेकोजस्तै आयो । त्यसपछि सौगातलाई सोधिएको प्रश्नमा उनले भने, ‘दिदीले त हामीलाई चोकमै छाड्नुभयो र टाटा गर्दै ट्याम्पुमा चढेर जानुभयो ।’‘कालो सिसा भएको गाडीमा जानुभयो भनेको होइन ?’ प्रहरीको प्रश्नपछि सिदकले भने दिदीले त्यही भन्न सिकाएको बताए ।प्रहरीले घटनालाई अर्कै रूपमा लियो । सलोनाले मोबाइल घरमै छाडेकी रहिछन् । प्रहरीले उनको मोबाइलको ‘कल डिटेल्स’ हेर्‍यो । एउटै नम्बरमा १८ मिनेट कुराकानी गरेको पाइयो । यसको लोकेसनचाहि इलाम रहेको पाइयो । एसएमएस बक्स खोलियो । बक्समा फेला पर्‍यो, ‘आई लभ यु, आई क्यान्ट लिभ विदआउट यु’ जस्ता रोमान्टिक एसएमएस । अभिभावकसित सोधपुछपछि उनले केही दिनअघि ब्लेडले हात चिरेको घटना पनि खुल्यो ।त्यसपछि खोजी भयो– सलोनाका साथीहरूसितको सम्बन्ध र जावलाखेलस्थित आदर्श विद्यामन्दिरमा कक्षा आठमा अध्ययनरत उनका सहपाठीबारे सोधखोज । केही पत्ता नलागेपछि टोलछिमेकसगको सम्बन्धबारे बुझ्दा पनि केही रहस्य पत्ता लाग्न सकेन । अन्ततः बिहीबार राति करिब साढे आठ बजे बानेश्वर पञ्चकुमारी मार्गस्थित नानु कार्कीकहा उनी बसेको पाइयो ।प्रहरीका अनुसार सलोना इलामका अनुरुद्ध केसी नामका युवकसित गहिरो प्रेममा परेकी रहिछन् । केसीको केही महिनाअघि सलोनाको घरमा डेरा गरी बस्ने नानु कार्कीकहा आउने जाने गर्थे । त्यहीबेला उनीसति सलोनाको सामान्य चिनजान भयो । पछि फेसबुकमार्फत साथी बनेका उनीहरूको सम्बन्ध प्रगाढ हुदै गयो । उनीहरूको सम्बन्धमा घरपरिवारको अवरोध हुन थालेपछि केसीसित भाग्ने आग्रह गरिन् । सलोनाको आग्रहलाई स्विकार्दै केसीले एक हप्तापछि लिन आउने भन्यो । त्यसपछि सलोना नानु कार्कीको बानेश्वरस्थित कोठामा गएर बसिन् । यो सबै विवरण ‘फोन ट्रयास’मार्फत प्रहरीले पत्ता लगाएको हो ।प्रहरी वृत्त बानेश्वरका डिएसपी वीरबहादुर ओलीका अनुसार मायाप्रीतिकै चक्करमा सलोनाले यो कदम चालेकी हुन् । उनले भने, ‘खोजी नगरिएको भए, उनीहरू बिहानै भाग्ने स्थितिमा पुगेका रहेछन् ।’ आफ्नो केटासाथीबारे भने सलोनाले केही भनेकी छैनन् । सलोनाका अभिभावक भने घटनाबारे खुल्न चाहेनन् ।

Posted by Arghakhanch Online on 12:34 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for ब्वाइफ्रेन्डसित भाग्न १५ बर्षे किशोरीद्वारा अपहरणको नाट

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com