Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

फेल भएपनि प्रमाणपत्रमा ‘फेल’ नलेखिने

१७ चैत, क दुईवटा बिषयमा पटक-पटक फेल भएको कुरा आफ्नो प्रमाणपत्रमा उल्लेख हुँदा दिक्क हुनुभएको छ ? त्यसो भए अब चिन्ता नलिनुस- जतिवटा बिषयमा पास हुनुभयो, त्यतिवटा पास प्रमाणपत्रमात्रै लिन पाउने ब्यबस्था नेपालमा पनि सुरु हुन लागेको छ ।कक्षा ८ को जिल्लास्तरीय परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीको प्रमाणपत्रमा ‘अनुत्तीर्ण’ भनी उल्लेख नगरिने भएको छ । सम्बन्धित जिल्ला शिक्षा कार्यालयले भर्खरै सो तहको परीक्षा लिएको र प्रमाणपत्र दिँदा विषयगत उत्तीर्ण पद्धति (सब्जेक्ट वाइज पास सिस्टम) अनुरूप जतिवटा विषयमा विद्यार्थी उत्तीर्ण हुन्छ, त्यतिवटा विषयको मात्र प्रमाणपत्र दिनेछन् ।शिक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव जनार्दन नेपालले आधारभूत तहको शिक्षामा सामान्यतया अनुत्तीर्ण हुने पद्धतिलाई हटाउन शिक्षा नियमावलीमा नै यस्तो व्यवस्था गरिएको बताउँदै भन्नुभयो, “अनुत्तीर्ण भएका विद्यार्थीको प्रमाणपत्रमा अनुत्तीर्ण भनी लेखिनेछैन ।”उहाँका अनुसार सबै विषयमा उत्तीर्ण भएमा मात्र प्रमाणपत्रमा ‘उत्तीर्ण’ भनी उल्लेख गरिनेछ भने अनुत्तीर्ण भएमा अनुत्तीर्ण भएको विषयमा खाली राखिनेछ र प्रमाणपत्रमा अनुत्तीर्ण भनी नजनाइने आजको गोरखापत्र दैनिकले छापेको छ ।कक्षा ८ को परीक्षामा सम्मिलित भएकामध्ये सरदर १० प्रतिशत अनुत्तीर्ण हुने गरेको अनुमान मन्त्रालयको छ । परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीले कक्षा ८ का सम्पूर्ण विषयमा उत्तीर्ण नहुन्जेल कक्षा ९ मा भर्ना हुन पाउनेछैनन् । “आगामी वर्ष उसले अनुत्तीर्ण भएको विषयको मात्र परीक्षा दिए पुग्छ। सबै विषय पढिरहनु पर्दैन”, उहाँले थप्नुभयो, “उसलाई कक्षा ८ मा अनुत्तीर्ण भएका विषयहरू पढ्न विद्यालय गइरहनु पर्दैन। घरमै बसेर अध्ययन गर्न पनि पाउँछ ।”मन्त्रालयले कक्षा ८ मा अनुत्तीर्ण भएकालाई पढाइसँगै सीपमूलक तालिमको समेत व्यवस्था गर्ने भएको छ। त्यसरी अनुत्तीर्ण भएकाहरूले निराश भई पढाइ नछाडून् भनेर पढाइलाई कामसित जोड्न खोजिएको सहसचिव नेपालले बताउनुभयो । उहाँका अनुसार त्यस्ता विद्यार्थी वर्षको २६ पटक विद्यालयमा गए पुग्ने खालको सीपमूलक तालिमको व्यवस्था गर्न लागिएको छ ।“सीपमूलक तालिममा सहभागी हुन चाहने विद्यार्थीलाई गाइडका रूपमा एकजना शिक्षक उपलब्ध गराइनेछ। ती शिक्षकको निगरानीमा विद्यार्थीले तालिम पूरा गर्न सक्छ”, उहाँले थप्नुभयो, “विद्यार्थीले गाइड शिक्षकलाई प्रत्येक १५ दिनमा सम्पर्क गर्नुपर्ने हुन्छ।सम्पर्क कक्षाका आधारमा उसले तालिम पूरा गर्न पाउँछ ।”
मन्त्रालयले त्यस्ता विद्यार्थीलाई उपलब्ध गराउने तालिमका विषयहरू तोक्न बाँकी नै छ । “तालिम सम्पन्न भइसकेपछि विद्यार्थीले कक्षा ८ मा अनुत्तीर्ण भएका विषयहरूको परीक्षा दिन पाउँछ। कम विषयको परीक्षा दिनुपर्ने भएकाले उत्तीर्ण हुन उसलाई सहज पनि हुन्छ ।

Posted by Arghakhanch Online on 12:36 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for फेल भएपनि प्रमाणपत्रमा ‘फेल’ नलेखिने

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com