Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

प्रधानमन्त्री डा बाबुराम भट्टराईले केही दिनभित्रै शान्ति प्रक्रियाले पूर्णता पाउने बताएका छन्।

चैत १६- प्रधानमन्त्री डा बाबुराम भट्टराईले केही दिनभित्रै शान्ति प्रक्रियाले पूर्णता पाउने बताएका छन्। लामो समयदेखि थाँती रहेको शान्ति प्रक्रियाको काम आफ्नै कार्यकालमा अघि बढेको बताउँदै प्रधानमन्त्री भट्टराईले सेना समायोजनको काम एकाध दिनभित्रै पूरा हुने दाबी गरे। रेडियो नेपालद्वारा हिजो आयोजित जनतासँग प्रधानमन्त्री कार्यक्रममा सर्वसाधारण नागरिकले देशका विभिन्न भागबाट सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले सत्य निरुपण तथा मेलमिलापलगायतका आयोग गठन गर्ने विधेयक पनि अन्तिम चरणमा पुगेको बताए।शान्ति र संविधानका सम्बन्धमा केही दिनयता राजनीतिक दलहरूबीच भएका छलफलमा देखिएको प्रगतिले अब ६० दिनभित्र ती काम पूरा हुने पनि प्रधानमन्त्रीले दृढता व्यक्त गरे।"शान्ति प्रक्रियाको काम सकिएपछि सबै मिलेर संविधान निर्माणको काममा लाग्नेछौ," प्रधानमन्त्री भट्टराईले भने।शान्ति र संविधानको काम पूरा भएर देशमा राजनीतिक स्थिरता कायम भएपछि आर्थिक विकासको काम अघि बढ्ने बताउँदै प्रधानमन्त्री भट्टराईले अहिले पनि ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने तथा कृषि, पर्यटन, उद्योग क्षेत्रमा लगानी बढाउने सोच अघि बढाइएको बताए।संविधानका बाँकी रहेका विवादका विषयहरूमा प्रमुख दलका शीर्ष नेताहरू राजधानी बाहिर गएर दुई/तीन दिनसम्म छलफल गरेर भएपनि विवाद टुङ्ग्याउने प्रयास भैरहेको प्रधानमन्त्री डा भट्टराईले जानकारी दिए।अहिलेको सर्वाधिक चासोको विषय संविधान निर्माण र शान्ति प्रक्रिया टुङ्ग्याउनु हो, जेठ १४ भित्र संविधान बनाउनुको विकल्प छैन त्यसमा सबै राजनीतिक दलहरू मिलेर सहमतिमा पुग्नुपर्छ," प्रधानमन्त्री भट्टराईले भने।उनले काठमाडौंको सडक विस्तारमा केही दुःख भए पनि नियमसङ्गत ढङ्गले काम अघि बढाइएको र जनताको सहयोग पाएको बताए। रासस

Posted by Arghakhanch Online on 8:44 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for प्रधानमन्त्री डा बाबुराम भट्टराईले केही दिनभित्रै शान्ति प्रक्रियाले पूर्णता पाउने बताएका छन्।

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com