गैरकानुनी ढंगले रकम उठाएको हर्वो नेटवर्क
News, राष्ट्रिय समाचार 12:31 AM
१७ चैत, करिव ५ लाख सर्वसाधारणबाट गैरकानुनी ढंगले रकम उठाएको हर्वो नेटवर्क मार्केटिङका संचालकहरु भूमिगत भएका छन् ।सर्वोच्च अदालतले बुधबारमात्रै उनीहरुको कारोवार अबैध भन्दै सवैखाले नेटवर्क ब्यबसाय खारेजीको फैसला गरिदिएपछि हर्वो संचालक भूमिगत भएका हुन् । भूमीगत हुनेमा अध्यक्ष गोकुल श्रेष्ठ, उपाध्यक्ष पुष्पराज पुरुष, निर्देशकहरु नेत्रपाणी वास्तोला, बसन्त पण्डित र पुनप्रसाद सुवेदी छन् ।
सर्वोच्चको फैसलापछि प्रहरीले उनीहरुको कारोवारबारे सोधपुछ गर्न संचालकहरुको खोजी गरेपनि फेला पर्न नसकेको कान्तिपुर दैनिकले छापेको छ । उनीहरु वेपत्ता भएपछि प्रहरीले वासस्थानमै निगरानी बढाएको छ । तर बुधबार साँझ कोही पनि आफ्नो वासस्थानमा पुगेनन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीबीआई)ले शुक्रबारसम्म मात्र उनीहरुका बारेमा जानकारी प्राप्त हुने अपेक्षा गरेको छ । तर सरकारी निकाय बाणिज्य तथा आपूर्ति मन्त्रालयले भने उनीहरुको ठगीबारे अनुसन्धान गर्ने कुनै कदम नचालेको समाचारमा उल्लेख छ ।