पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा एमाले अखिलले आजदेखि क्याम्पसअगाडि सरकारी गाडी चल्न नदिने
News, राष्ट्रिय समाचार 8:34 PM
चैत १६ पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा एमाले अखिलले आजदेखि आन्दोलनका कार्यक्रम गर्ने भएको छ। कार्यक्रम अन्तर्गत आजदेखि १९ गतेसम्म प्रत्येक शैक्षिक संस्था अगाडि सरकारी गाडी चल्न नदिने र बिहान एक घण्टा प्रत्येक शैक्षिक संस्था अगाडि चक्का जाम गर्नेछ। अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेलले सरकार र विद्यार्थी सङ्गठनहरूबीच विगतमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै पटकपटक सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई दुःख दिने काम गरेको आरोप लगाए।आयल निगमले मङ्गलबारदेखि लागू हुनेगरी पेट्रोल, डिजेल मट्टितेलमा प्रतिलिटर चार रुपियाँ भाउ बढाएको थियो।Source नागरिक