एमालेका नेता केपी शर्मा ओली यूएई आउनु हुने भएको छ ।
News, प्रवास समाचार 8:30 PM
प्रवासी नेपाली संघ यूएईले आउदो अपि्रल १३ मा आयोजना गरेको कार्यक्रममा सहभागि हुन नेकपा एमालेका नेता केपी शर्मा ओली यूएई आउनु हुने भएको छ । प्रवासी नेपाली संघ यूएईको निमन्त्रणामा नेता ओली यूएई आउन लाग्नु भएको आयोजकले जनाएको छ । प्रवासी नेपाली संघ यूएईले नेपाली नयाँ बर्ष २०६९ को अवसरमाआउदो अपि्रल १३ तारिख शुक्रवार आयोजना गरेको बृहत शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रममा भाग लिन ओली यूएई आउन लाग्नु भएको हो ।नेता ओलीलाई कार्यक्रमको प्रमुख अतिथिको रुपमा निमत्याइएको प्रचार प्रशार बिभाग प्रमुख श्याम पाठकले जानकारी दिनु भयो । कार्यक्रममा अबुधाबीको केरला सोसियल सेन्टरमा साँझ साढे ४ बजेवाट सुरु हुनेछ । उक्त दिन हुने कार्यक्रममा सहभागि भइ कार्यक्रमको शोभा वढाईदिन हुन यूएईमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई आयोजकले अनुरोध गरेको छ ।कार्यक्रममा नेपाली भेष भूषा, कला र संस्कृति झल्कने खालका विवभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कोशेली पस्कने साँस्कृतिक कार्यक्रमका संयोजक तथा संघका केन्द्रीय सदस्य राजु गुरुङले जानकारी दिनु भयो ।