Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

कालीका भगवती मन्दिरमा हजारौँ दर्शनार्थीको भीड लागेको छ

चैत १८,यहाँको प्रसिद्ध कालीका भगवती मन्दिरमा हजारौँ दर्शनार्थीको भीड लागेको छ। शुक्रवार मात्र करिव ३० हजार दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन्। मनोकामना पुरा हुने विश्वासमा चैत्राष्टमी पर्वको अवसरमा मुलुकको विभिन्न ठाउँबाट दर्शनार्थी यहाँ आएका छन्।
पश्चिमाञ्चलकै ठूलो चैत्राष्टमी मेला तथा बाग्लुङ महोत्सव सोमबारदेखि यहाँ जारी छ। बाग्लुङ उद्योग बाणिज्य संघले आयोजना गरेको बाग्लुङ महोत्सवको अवलोकन गर्न र कालीका भगवती मन्दिरको दर्शन गर्न पर्वत, म्याग्दी, काठमाण्डौ, पोखरा, नेपालगञ्ज, चितवन लगायतको क्षेत्रबाट श्रद्धालु भक्तन यहाँ आएका छन्। 'दैनिक हजारौँको संख्यामा दर्शनार्थी आएका छन्, 'कालिका मन्दिर व्यवस्थापन समितिका सदस्य सचिव लोकेन्द्र खड्काले भने,' सप्तमीको दिनमात्र करिव ३० हजारले दर्शन गरे।' 'चैत्राष्टमी मेलाको अवसरमा अष्टमीको दिन( आज, शनिवार) करिव १लाखले दर्शन गर्ने अनुमान छ,' उनले भने।
मनोकामना पुरा हुने आशमा भाकल गरेकी मध्यपश्चिमको नेपालगञ्जबाट आएकी प्रतिभा खड्काले डेढ घण्टा लाईनमा बसेपछि बाग्लुङको कालिका भगवती मन्दिरको दर्शन गरिन्। 'भाकल पूरा हुने भएकोले दर्शन गर्न आएका हौँ,' पति र छोरा सहित आएकी रोकाले भनिन्।
चैत्राष्टमीमा घटस्थापनाको दिनदेखि सुरु भएको पूजा दशमीको दिनसम्म जारी रहन्छ। भीड हुने भएपछि पूजाआजा गर्न लाईनको व्यवस्था गरिएको छ। लाईन मिलाउनकोलागि सुरक्षाकर्मी र स्काउटका स्वयंसेवकलाई परिचलान गरेको समितिले जनाएको छ। चैत्राष्टमी र बडादर्शैँ बाहेक आईतवार र मंगलवारपनि पूजाआजा मन्दिरमा गर्ने बृद्धबृद्धा, युवायुवती, तरुणतन्नेरी समेत आउने गर्छन्।

चौविसे राजा किर्तीबम मल्लले विक्रम संम्बत १८४३ मा दशै मेला शुरु गरेका थिए। चैत्राष्टमीमा कालिका भगवती मन्दिरको आफ्नै पहिचान भएकोले सो अवसरमा चैत्राष्टमी मेला तथा बाग्लुङ महोत्सवको आयोजना गरेको उद्योगब बाणिज्य संघका अध्यक्ष बसन्त कुमार श्रेष्ठले बताए। 'लोक संस्कृतीको संरक्षण गर्न महोत्सवको आयोजना गरिएको हो,' श्रेष्ठले भने, 'अधिकांश मन्दिरको दर्शन गर्ने योजनाले यहाँ आउँछन्।
पोखरादेखि ७३ किलोमिटर यता बाग्लुङ बजार प्रवेशद्वारा रहेको मन्दिरमा सवारी साधनबाट सिधै आउन सकिने भएकोलेपनि यहाँ हजारौँ दर्शनार्थी आउने गरेका छन्। वि.स.१५९१मा पाल्पाका राजा मणीमुकुन्द सेनकी छोरी राजकुमारी विश्रवादेवीको पर्वतका राजा प्रतापीनारायण मल्लसंग विहे धार्मिक विश्वास छ। विहेमा विश्रवादेवीसंगै भगवतीको मुर्ति पनि दाईजो दिइएको र यस ठाउँमा आई बिसाउँदा पछि डेग नचलेकोले यही मुर्ति स्थापना गरिएको मन्दिर व्यवस्थापन समितिका कमल खड्काले बताए।
भगवतीप्रति भक्ति भाव राखेर भाकल गरेर राँगा, बोका बाजागाजा सहित मन्दिर ल्याएर बली दिने गरेका छन्। चैत्राष्टमी र बडादशैँमा स्थानीय उत्पादनको विक्रि वितरण हुने र राजाहरुले मनोरन्जन लिनको लागी मेला सुरुवात भएको पाइन्छ। चैत्राष्टमी मेलाकै अवसरमा यहाँ गाउँगाउँबाट डाला,डोका, नाङ्ला बेच्नकोलागि मन्दिर बाहिर बाङ्गेचौरमा भीडनै लागेको छ।
यो मन्दिरका चार ढोका मध्ये पूर्वतिरको ढोका कहिल्यै खोलिंदैन। पुर्वतर्फको ढोका खोलेमा नाग उत्पन्न हुन्छन् भन्ने किम्वदन्ति अनुसार सधैं बन्द गरिने प्रचलन रहेको छ। मन्दिरमा विहान चारै बजेदेखि पूजाआज सुरुवात हुन्छ। ' विहान साढे तीनमा पूजा नसक्दै दर्शनार्थी मन्दिर आईपुगेका हुन्छन्,'पूजारी सुरेस शर्माले भने,' कतिपय दर्शनार्थी मन्दिर परिसरमानै बास बस्ने गरेका छन्। हजारौँ जोडीले यो मन्दिरलाई साँची राखिसके। विवाहको लगन भएको समयमा दर्जनौँ जोडीले मन्दिरमा विहे गर्ने गरेका छन्। प्रेमप्रमीको जोडीले मन्दिरमै आएर पनि कसम खाने गरेका छन्। कालिका मन्दिरमा अहिले करिव दुई सयको संख्यामा जोगीहरु रहेका छन्। भारतदेखि समेत जोगीहरु आएर बस्ने गरेका छन्।स्रोत :नागरिक

Posted by Arghakhanch Online on 8:53 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कालीका भगवती मन्दिरमा हजारौँ दर्शनार्थीको भीड लागेको छ

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com