ढिकुरामा गा.वि.स. स्तरीय शान्ति समितिको गठन
News, जिल्ला समाचार 4:20 AM

हरि प्रसाद भुसाल
फागुन १२, अर्घाखाँची
स्थानीय शान्ति समितिको आयोजनामा आज अर्घाखाँची जिल्लाको ढिकुरामा वसेको सर्वपक्षिय भेलाले स्थानीय शान्ति समिति गाउँ समिति ढिकुराको चयन गरेको छ ।
“स्थानीय शान्ति समिति अर्घाखाँचीका सदस्य यमुना भुसालको प्रमुख अतिथ्यतामा वसेको भेलाले ज्ञान बहादुर वि.क. को संयोजकत्वमा १० सदस्यीय समितिको गठन गरेको हो । समितिका अन्य सदस्यहरुमा कृष्ण प्रसाद भट्टराई, मोती भट्टराई, भरत प्रसाद घिमिरे, भगवती चुँदाली, इन्द्र पोखरे ल, शर्मिला गुरुङ्ग, नारायण खनाल, सीता पन्थी र सदस्य सचिवमा ढिक’रा गा.वि.स.का गा.वि.स. सचिव भोजराज ताम्राकार रहेका छन् ।(अर्घाखाँची न्यूज समाचारपत्र बाट )