हरिप्रसाद भुसाल
फागुन १४, अर्घाखाँची
अधिकार सम्पन्न शिक्षा सेवा आयोगको गठन गरिनुपर्ने लगायतका ४७ सुत्रिय मागहरु सहित आन्दोलनमा रहेका शिक्षकहरुले केन्द्रीय कार्यक्रम अन्तरगत आज अर्घाखाँची जिल्लामा पनि ¥याली जुलुस तथा कोणसभा सम्पन्न गरेका छन् ।
नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चसंग सम्वद्ध शिक्षकहरुले चर्का नारावाजी सहित सन्धिखर्क वजार परिक्रमा गरेका थिए । हजारौंको संख्यामा रहेका शिक्षक शिक्षिकाहरुको ¥याली शान्ति बँगैचामा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा मन्तव्य राख्नेहरुले अधिकार सम्पन्न शिक्षा सेवा आयोगको गठन, विद्यालय शिक्षा निःशुल्क हुनुपर्ने, राहत कोटालाई स्थाई दरवन्दीमा रुपान्तरण गर्नुपर्ने लगायतका मुद्धाहरुमा सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरुले आफ्ना मागहरुप्रति सरकार उदासिन रहेको भन्दै वेवास्ता गरिए कडा आन्दोलनमा जान आफुहरु बाध्य हुने चेतावनी समेत दिएका थिए ।
नेपाल शिक्षक युनियनका अध्यक्ष यादवप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कोण सभामा शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष शुभासचन्द्र बन्जाडे, अखिल नेपाल शिक्षक संघका अध्यक्ष कमल प्रसाद घिमिरे लगायतले मन्तव्य राखेका थिए ।(अर्घाखाँची न्यूज समाचारपत्र बाट )