Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

इजरायलमा कार्यरत नेपालीहरुहरुले पीडीत नेपालीलाई आर्थिक सहयोग गरे

इजरायल । इजरायलमा कार्यरत नेपालीहरुले पीडीत नेपालीहरुलाई आर्थिक सहयोग गरेका छन् । इजरायवाट नेपाली अनलाइन न्यूज मिडिया नेपाल इजरायल डट नेटको पहलमा इजरायलमा कार्यरत नेपालीहरु, नेपाली नारी आवाज इजरायलको कोषबाट तथा नेपाल इजरायल डट नेटको आफ्नो आम्दानीबाट समेत गरी नेपालको मध्य पहाडी जील्लाका पीडीत वालवालिकालाई आर्थिक सहयोग गरेका हुन् ।
उनीहरुले रुकुमको गरायला -३, चौखाकी रुपा गन्धर्वका ४ दृष्टीविहिन वालवालिकाहरु, दुवै मृगौला काम नलाग्ने भई पिडित बनेका महेन्द्र बहुमुखी क्याम्पस दाङमा वि.वि.एस. तेस्रो वर्षमा  अध्यनरत दाङ जिल्ला निवासी २२ बषिर्य विष्णु प्रसाद खत्री, रक्त क्यान्सर भई भारतको मुम्वईस्थित एपोलो अस्पतालमा उपचाररत सुनवल ४ नवलपरासीकी १८ बषिर्य किशोरी सुस्मिता पाण्डे र झापा जील्लाको विकट सतासीधाम गाविस वार्ड नम्वर ४ मा सामुदायिक रुपमा केही बर्षअघि किनिएको एम्वुलेन्सको बाँकी किस्ता तिर्नको निम्ती सहयोग गरी १ लाख ९४ हजार ९ सय १२ रुपैयाँ हस्तान्तरण गरिएको हो ।
लोग्नेको आश्रयविना रगतका आशु झार्दै कहालि लाग्दो जिन्दगी जीउन बाध्य ३० वषिर्र्या रुपा गन्धर्वले विवाह भएको आठ वर्षमै १० सन्तानलाई जन्म दिएकी थिइन, मृत्यु भएका ६ जना र बाँचेका क्रमश सात वषिर्य गणेश, दुई वर्षकी मनिषा र तीन महिनाका जुम्ल्याहा गङगा-जमुना गरी चारै जना दृष्टि विहिन छन् । बस्ने बास तथा खानकोलागि गास नभएपछि इजरायलमा कार्यरत नेपालीहरुले १ लाख १२ हजार १ सय वाह्र हजार रुपैयाँ पिडित रुपा गन्धर्वलाई हस्तानन्तरण  गरिएको हो ।
त्यस्तै मुम्वईको टाटा हस्पिटलमा उपचाररत रक्त क्यान्सरबाट पिडित भर्खरै मात्र प्रवेशिका उर्त्तिण गरी आफ्नो उज्वल भविष्यका सुनौला पाइलाहरु अघि वढाउन शुरु गरेकी सुस्मिता पाण्डेको उपचारको लागि ३५ हजार रुपैयाँ पिडित सुस्मिता पाण्डेकी वावु भरत पौडेलको एस.वि.आइ बैकमा रहेको खातामा डिपोजिट गरिएको छ । त्यसैगरी २२ बर्षको कलिलो उमेरमा उच्च शिक्षा हासिल गरेर देशको निम्ती केही गरौला भन्ने सुनौलो आयाम बोकेका दुवै मृगौला काम नलाग्ने भएका युवक विष्णु प्रसाद खत्रीलाई उनकी आमाले दान दिने मृगौला प्रत्यारोपणको लागि २७ हजार आठ सय रुपैयाँ उनी बसेको काठमाण्डौ बनस्थलीमा रहेको डेरामा गएर हस्तान्तर गरिएको थियो ।
त्यस्तै झापा जील्लाको विकट ठाउँ सतासीधाम गाविस वार्ड नम्वर ४ मा विभिन्न रोग तथा दैवि प्रकोपवाट पिडित हुने स्थानियबासीलाई आकस्मिक रुपमा सेवा प्रदान गर्नको लागि -आवश्यकता अनुरुप शुल्क, पेट्रोल खर्च र परिस्थिती अनुसार निशुल्क पनि) सेवा दिने गरी सामुदायिक रुपमा किनिएको एम्वुलेन्सको बाँकी किस्ता तिर्नको निम्ती सहयोगस्वरुप २० हजार रुपैयाँ इजरायलको जेरुशलेममा कार्यरत रही हाल १ महिना लामो विदामा नेपाल जानुभएका सतासीधाम गाविस निवासी जय प्रसाद ओडारी मार्फत हस्तान्तरण  गरिएको छ ।

Posted by Arghakhanch Online on 7:36 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for इजरायलमा कार्यरत नेपालीहरुहरुले पीडीत नेपालीलाई आर्थिक सहयोग गरे

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com