Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

बेलायती विश्वकै सर्वोच्च शिखर सगरमाथा आफ्नै देशमा रहेको ठान्दा रहेछन्



५ चैत,आधाभन्दा बढी बेलायती विश्वकै सर्वोच्च शिखर सगरमाथा आफ्नै देशमा रहेको ठान्दा रहेछन् ।
दुइहजार बेलायतीमाझ हालै गरिएको एक सर्वेक्षणमा ‘हाम्रो देशको सबैभन्दा अग्लो हिमाल कुन हो ?’ भन्ने प्रश्नमा ५८ प्रतिशतले माउन्ट एभरेष्ट भन्ने जवाफ दिएका थिए ।बेलायतको सबैभन्दा अग्लो स्काफेल पिक भने ९ सय ७८ मिटर मात्र अग्लो छ । नेपालमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथा भन्दा त्यो ५ गुणा होचो छ ।बेलायती पत्रिका डेली मेलले यो सर्वेक्षणबाट बेलायतीमा रहेको सामान्य ज्ञानको घोर अभाव दर्सिएको उल्लेख गरेको छ । उसले घरेलु पर्यटन प्रवर्द्धन गर्न अहिले जारी विज्ञापन अभियान पर्याप्त नभएको समेत यो सर्वेक्षणले देखाएको उल्लेख गरेको छ ।आजको नागरिक दैनिकमा छापिएको खबर अनुसार बेलायतका २० प्रतिशत बासिन्दालाई त आफ्नो देशमा इंग्ल्याण्ड, स्कटल्याण्ड, उत्तरी आयरल्याण्ड र वेल्स गरी ४ राज्य रहेको समेत पत्तो रहेनछ । जर्नी डेस्टिनेसन भन्ने टुर अपरेटर संस्थाले यो सर्वेक्षण गरेको हो ।
संस्थाका कार्यकारी निर्देशकले यस्तो हाँसोउठ्दो नतिजाबाट बेलायतीको कमजोर ज्ञान थाहा पाएर छक्क परेको बताएका छन् । उनले न्युयोर्क, पेरिस, रोम तथा अन्य स्थानबारे बेलायतीमा राम्रो ज्ञान रहेपनि आफ्नै देशबारे थाहा नभएको बताए । यसो हुनुमा इन्टरनेट समेत दोषी रहेको विज्ञहरुको भनाइ छ ।

Posted by Arghakhanch Online on 8:52 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बेलायती विश्वकै सर्वोच्च शिखर सगरमाथा आफ्नै देशमा रहेको ठान्दा रहेछन्

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com