अस्पतालमा होइन होटलमा अवैध गर्भपतन हुँदै आएको रहस्य खुलेको छ
News, राष्ट्रिय समाचार 8:47 PM
नेपालमा गर्भपतनलाई वैधानिकता दिइसकिएको छ र सरकारी अस्पतालहरुमा समेत सुरक्षित रुपमा गर्भपतन गर्न सकिने व्यवस्था छ । तर विराटनगरमा भने अस्पतालमा होइन होटलमा अवैध गर्भपतन हुँदै आएको रहस्य खुलेको छ । अझ अनौठो कुरा त के भने होटलमा अवैध गर्भपतन गराउने सरकारी स्वास्थ्यकर्मी नै हुन् ।
गैरकानुनी रुपमा होटलमा गर्भपतन गराउने तयारी गरिरहेका सरकारी स्वास्थ्य संस्थाका सिनियर अहेव र अनमी उपकरण सहित पक्राउ परेपछि यो रहस्य खुलेको हो ।
जिल्ला प्रहरी कार्यलय मोरङको विशेष टोलीले चेकजाँचका क्रममा मोरङ दादरबैरिया स्वास्थ्यचौकीकाका अहेव पुरनलाल शाह र कोसी अंचल अस्पताल विराटनगरमा कार्यरत उनकी श्रीमती पुनमलाई शनिबार दिउँसो कलेज रोडस्थित प्याराडाइज होटलबाट पक्राउ गरेको हो । उनीहरु गर्भपतनका लागि तालिमप्राप्त स्वास्थ्यकर्मी होइनन् ।
पाँच हजार रुपैयाँमा गर्भपतन गराइदिने भन्दै पथरीकी ३५ वर्षीया महिलाको चार महिनाको भ्रुण झिक्न खोजिरहेको बेला उनीहरु पक्राउ परेका आजका पत्रपत्रिकामा खबर छ ।
अवैध सम्बन्धबाट गर्भ रहेपछि ती महिलाले गर्भपतन गराउन खोजी थिइन् । गर्भपतन गराउन प्रयोग हुने उपकरण र औषधि पनि बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरु पहिलेदेखिनै अवैध रुपमा गर्भपतनमा सक्रिय रहेको सुराकीको आधारमा प्रहरीले होटलमा छापा मारेको बताइएको छ ।
अनुमति बेगर गैरकानुनी रुपमा गर्भपतन गराउन खोज्नेलाई ज्यान मुद्दामा कारबाही अघि बढाउन सक्ने प्रावधान छ ।