Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

प्रकाशले आफ्नो फेसबुक अरू कसैले बन्द गरिदिएको दाबी गरेका छन्



५ चैत, ‘मेरोबारे सकारात्मक र नकारात्मक स्टाटसले आफ्नो वाल रङ्ग्याउने अथवा मिडियामा प्रचार गर्नुहुने सबैलाई विशेष धन्यवाद’’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाशले आफ्नो फेसबुकमा शनिबार बिहान यस्तो ‘स्टाटस’ राखेका थिए । तर, उनले बेलुकी एकाएक आफ्नो फेसबुक खाता निष्क्रिय बनाए ।
हरेक दिनजसो थरीथरी विचार र टिप्पणी पोस्ट गरेर फेसबुकमा व्यस्त रहने प्रकाशले किन यसो गरे रु कारण हो, सरकारले शुक्रबार उनीसहितको टोलीलाई सगरमाथा चढ्न दुई करोड दिने भनी गरेको निर्णयको कटु आलोचना । फेसबुक प्रयोगकर्ताले उनको वालमा लगातार तिखा टिप्पणी र घोचपेच बर्साउन थालेपछि उनले आफ्नो खाता बन्द गरेका हुन् ।
फेसबुक प्रयोगकर्ताले शुक्रबार र शनिबार आफ्ना पेजमा सरकारको निर्णयविरुद्ध कठोर टिप्पणी गरिरहेका छन् । सुरुमा सबैलाई धन्यवाद दिए पनि अन्ततः प्रकाशले आलोचना सहन नसकी फेसबुक नै परित्याग गरे । सरकारले शुक्रबार मात्रै प्रकाशसहितको ११ सदस्यीय टोलीलाई सगरमाथा चढ्न दुई करोड रुपियाँ दिने निर्णय गरेको थियो । उनको टोलीबाट एक करोड रुपियाँबराबरको आरोहण शुल्क पनि नलिने निर्णय सरकारले गरेको छ ।
यद्यपि, प्रकाशले आफ्नो फेसबुक अरू कसैले बन्द गरिदिएको हुन सक्ने दाबी गरेका छन् । ‘मैले बन्द गरेको छैन, म बाहिर छु । फेसबुक कम्पनीमै भनेर अरूले नै बन्द गर्न सक्छन् । यसअघि पनि एक दुईपटक मेरो फेसबुक बन्द गरिएको छ,’ उनले भनेका आजको सौर्य दैनिकले छापेको छ ।

Posted by Arghakhanch Online on 8:41 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for प्रकाशले आफ्नो फेसबुक अरू कसैले बन्द गरिदिएको दाबी गरेका छन्

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com