Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

युवती बिक्री गरेको ठहर गर्दै एक महिलालाई २० वर्ष कैद

फाल्गुन २३ - पुनरावेदन अदालत हेटौंडाले तारेखमा छाडेको एक महिलालाई जिल्ला अदालतले मानव बेचबिखन तथा ओसारपसार गरेको ठहर गर्दै २० वर्ष कैद र २ लाख रुपैयाँ दण्ड गर्ने फैसला गरेको छ ।जिल्ला न्यायाधीश टेकनारायण कुँवरको सोमबार बसेको इजलासले मकवानपुर चुरियामाई गाविस-१ की २४ वषर्ीया कमला रुम्बालाई विदेशमा लगेर एक युवती बिक्री गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । उनले २०६६ मंसिर ८ मा चुरियामाई गाविस-१ की २२ वषर्ीया युवतीलाई रोजगारीका लागि भनेर बहराइन लगेर 'वेश्यावृति' मा लगाएकी थिइन् । ती युवती बहराइनको एक महिलाको सहयोगमा २०६८ वैशाखमा हेटौंडा र्फकन सफल भएकी थिइन् । उनको उजुरीका आधारमा प्रहरीले कमलालाई वैशाख ७ गते पक्राउ गरेको थियो ।जिल्ला अदालत मकवानपुरले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा २०६८ वैशाख २८ गते कमलालाई पुर्पक्ष्ाका लागि थुनामा राख्ने आदेश जारी गरेको थियो । पुनरावेदन अदालत हेटौंडाको २०६८ जेठ १९ गते बसेको मुख्य न्यायाधीश पुरुषोत्तम पराजुली र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले कमलालाई सादा तारेखमा छाड्ने आदेश दिएको थियो । उक्त आदेशअनुसार कमला रुम्बा जेलबाट मुक्त भइन् । तर तारेखमा हाजिर नभएर फरार भइन्, हालसम्म पनि फरार छिन् ।सर्वोच्च अदालतका न्यायाधीशद्वय अवधेशकुमार यादव र प्रकाश वस्तीको २०६८ भदौ २३ गते बसेको संयुक्त इजलासले कमलालाई पुर्पक्षका लागि थुनामा राखेर मुद्दा चलाउन आदेश जारी गरेको थियो । आदेश हुनुअगावै उनी फरार भइसकेकी थिइन् ।(इकान्तिपुर  बाट )

Posted by Arghakhanch Online on 11:48 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for युवती बिक्री गरेको ठहर गर्दै एक महिलालाई २० वर्ष कैद

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com