दुई यात्रु बाहक बस एक आपसमा ठोक्किएका छन्
News, राष्ट्रिय समाचार 10:15 PM
फागुन २६ काठमाडौंको पुतलिसडकमा आज विहानै दुई यात्रु बाहक बस एक आपसमा ठोक्किएका छन् । बा १ ख ७३२१ नम्वरको नेपाल यातायात र बा ३ ख २१९ नम्वरको बंगलामुखी यातायातको बस एक आपसमा ठोक्किदा चार यात्रु घाईते भएका छन् । घाईते मध्य एक जनाको अवस्था गम्भिर रहेको छ । अन्य तीन यात्रु भने सामान्य उपचार पछि घर फर्किएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।
ब्यस्त पुतलिसडक चोकमा डिल्लिबजारबाट आउदै गरेको बंगलामुखी यातायातको बसले कमलादी तर्फबाट रामशाहपथ तर्फ जाँदै गरेको नेपाल यातायातको बसलाई तिव्रगतिमा ठक्कर दिदा दुर्घटना भएको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटना पछि केही समय पुतलिसडक क्षेत्रमा यातायात अबरुद्ध समेत भएको थियो ।