Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

प्रधानमन्त्रीले भने- यमराज राज्य भएको छैन


१८ फागुन,प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको सन्तुलित ढंगले मूल्यांकन गरिदिन आग्रह गर्नु भएको छ ।
सरकार असफल भएको भन्दै भइरहेको आलोचनाप्रति इङ्गति गर्दै भट्टराईले पहिले सबैकुरा जादुको छडीले झै हुन्छ भन्ने गरेको र अहिले सरकारको विरोध सुरु भएको भन्दै असन्तुष्टि जनाउनु भयो ।
‘सरकार स्वर्गमा रहेको इन्द्रको राज्य वा रामराज्य जस्तो थिएन र यमराजको राज्य पनि होइन’ शान्ति अभियानद्धारा बिहीबार लुम्बिनीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री भट्टराईले भन्नुभयो-’हामी मान्छे हौं, हामी गुण र दोषसहितका मान्छे हौं ।’
सरकारले ढिलो ढिलो भएपनि शान्ति र संविधान निर्माणलाई अघि बढाइरहेको उहाँको भनाई छ । शान्ति र संविधान कुन पहिले भन्ने विवाद देखिएको भन्दै प्रधानमन्त्री डा. भट्टराईले शान्ति र संविधानलाई एकसाथमा लैजानु पर्ने बताउनु भयो ।
कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु शान्ति र संविधान निर्माणको जिम्मेबारी पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो । शान्ति र संविधान निर्माण सफल पार्न नसके मुलुक निकै अफ्यारोमा पर्ने उहाँको भनाई छ

Posted by Arghakhanch Online on 9:51 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for प्रधानमन्त्रीले भने- यमराज राज्य भएको छैन

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com