एक घर, एक चेली
News, प्रवास समाचार 9:23 PM
१३ वर्षअघि ओमान आइपुगेकी दुम्कीबासकी आशादेवी क्षत्री अहिले आफूलाई दिदीबहिनी देख्न/भेट्न पाएकामा भाग्यमानी ठान्छिन् । 'त्यतिखेर निकै कम भेटिन्थे', भनिन्, 'अहिले नेपाली महिला नभएको घरै छैन ।'
उनले यसो भनिरहँदा ओमानस्थित सललहाको 'नेपाली गार्डेन'मै शुक्रबारे बिदा मनाउन आउने चेलीहरूको समूह बाक्लै थियो । मर्मादबाट साप्ताहिक बिदा मनाउन ट्याक्सीमा डेढ घन्टा लगाएर आइपुगेकी लेखनाथ गगनगौडाकी विष्णु नेपाली तीन महिनापछि साथीहरूबीच भेटघाट गर्ने अवसर मिलेकोमा उत्साहित थिइन् ।
सललहमा मात्रै १० हजार नेपाली चेली नाघेको अनुमान छ । 'नहोस् पनि किन ?' बुटवलका मिठ्ठु कोइराला भन्छन्, 'दलालमात्रै होइन, कामदार आफै महिला ल्याउन सक्रिय छन् ।' दलालभन्दा आफन्तले पठाएको भिसामा खुट्टा उचालेर आउनेहरू बढिरहेको उनले बताए । झन् आकर्षक कमिसनका कारण हाउसमेड ल्याउन/पठाउन तँछाड-मछाड छ । 'एकजना हाउसमेड ल्याउन स्पोन्सर (घर मालिक) ले एजेन्सीलाई पाँच सय ओमनी रियाल (करिब १ लाख रुपैयाँ) कमिसन दिन्छ', हाउसमेड ल्याउने एजेन्सीमा कार्यरत नवलपरासीकी शान्ति केसीले भनिन्, 'त्यसबाट कार्यालयले नेपालमा रहेका एजेन्टलाई ३ सय ५० रियाल (८० हजार रुपैयाँ) दिन्छ ।'
नेपाली एजेन्टले यति धेरै रकम पाउने भएपछि आर्थिक अवस्था कमजोर भएका सिधासादा महिलालाई खोजीखोजी पठाउने गरेका छन् । त्यसबाहेक एजेन्टले सकेसम्म 'हवाई टिकट र भिसा शुल्क' बापतको रकम भन्दै थप असुल्छन् । तत्काल दिन नसकेपछि कमाएर दिने सर्तमा पनि पठाउँछन् ।
ओमनी घरमा पुगेर साँघुरो घेरामा बाँधिनु भने सजिलो छैन् । 'दुःखको अनुभव सुनाउने हो भने हिसाबकिताब छैन', क्षत्रीको अनुभव छ, 'यहाँको वातावरणलाई सहन सक्नेले जीवनमा आइपुर्ने जस्तोसुकै समस्या र दबाबलाई चिर्न सक्ने क्षमता राख्छन् ।' हाउसमेडको रोजगार सम्झौता नहँुदा कार्यअवधि, पारिश्रमिक, बिदा लगायतका विषयमा स्पष्ट छैन । बोलिदिने कोही नभइदिँदा 'जति दिन्छ, त्यति लिनुपर्ने' अवस्था छ । झन् त्यसमाथि घरेलु कामदारका अधिकार/सुरक्षालाई ओमनी श्रम कानुनले समेट्दैन । त्यही भएर ६० रियाल भनेर आएका कतिपयले ३० रियालमात्रै पाएका छन् । 'सबै मालिक यस्ता छैनन्', झन्डै एक दशक सललहामै रहेकी किरण भण्डारीले भनिन्, 'धेरैजसो मालिक कामदारको हराम (पसिना) खानुहुन्न भन्ने मान्यता राख्छन् ।'
बाध्यकारी श्रम त छँदैछ, त्यसबाहेक कतिपय चेली यातना र जबर्जस्ती यौन शोषणबाट पनि पीडित छन् । 'बिहानदेखि मध्यरातसम्म काममा खटिनुपर्ने त छँदैछ, सुत्न ओछ्यानमा पुग्दा घरमालिक्नीका भाइहरू ढोका ढक्ढकाउन आइपुग्छन्', एक चेलीले भनिन्, 'कति दिनसम्म जोगिन सक्छु र ?'
समस्या पर्दा समाधानका उपाय सजिला छैनन् । तलब पाइएन भनेर श्रम अदालत पुग्नै सक्दैनन् । जबर्जस्ती भएको उजुरी प्रहरीमा दिने आँट छैन । तलब र कामसँग सम्बन्धित विवाद चर्किए मालिकले कार्यालय (म्यानपावर) मा बुझाइदिन्छन् । पीडितलाई स्वदेश पठाउनुको सट्टा अर्को घरमा पठाइन्छ । 'यो सबै श्रम स्वीकृति नदिनुको परिणाम हो', केसीले भनिन्, 'श्रम स्वीकृति दिए तीन हजार रुपैयाँ खर्चेर सजिलै ओमन आइपुग्न सकिन्छ ।
अवैध रूपमा आउन खोज्ने महिलाका लागि लागत बढी हुने भएकाले उद्धारको सम्भावना नरहेको उनले बताइन् । 'एउटा केटीलाई ल्याउन त्रिभुवन विमानस्थलमा मात्रै सेटिङ गर्न ६५ हजार रुपैयाँसम्म बुझाउनुपर्छ', उनले भनिन्, 'सजिलै स्वदेश फिर्न कि हाउसमेडले सबै स्पोन्सरको लागत खर्च तिर्नुपर्यो, होइन भने कार्यालयले सबै तिर्नुपर्छ । दुबै सम्भव छैन ।'
बिहेदेखि 'लिभिङ टुगेदर’
पोखरा नगरचोककी रिश्मा पुन मगरले पाकिस्तानीसँग वैवाहिक सम्बन्ध गाँसेकी वर्षौ भइसक्यो । 'छोरी त यत्रि भइसकी', हुर्किसकेेकी छोरीलाई देखाउँदै भनिन्, 'अब यतैकै भइयो ।' श्रीमानको लाहोरस्थित घर उनी अझै पुगेकी छैनन् । बुर्खामा सजिएकी रिश्मा माइती भने बेलाबेला गएकी छन् । 'सधैभरि ओमनमै त के बसिएला', उनले अनिश्चित भविष्यतिर लक्षित गरिन्, 'नेपाल जाउँ भन्दा उहाँ मान्नुहुन्न । पाकिस्तानतिर गइन्छ कि ?' घरभित्र 'अनकल'मा काम गरिराख्ने हाउसमेडहरु बाहिरी दुनियाँमा आउनुलाई 'भाग्य' ठान्छन् । यसले उनीहरुलाई घरबाट भाग्न प्रोत्साहित गर्छ । प्रलोभनमा पारेर भाग्न उक्साउने दलाल फेरि उत्तिकै छन् । 'घरबाट भागेर बाहिर आउने चेलीको जीवन झन् जोखिमपूर्ण छ', एनआरएन सललहाका संयोजक चन्द्रकुमार सुनुवारले भने, 'घरभित्र रहँदा बाहिरको संसारप्रति लालायित हुन्छन् । बाहिर आइसकेपछिको जोखिमप्रति भने बेखबर हुन्छन् ।'
घरबाट भागेर 'लिभिङ टुगेदर' गरिरहेका चेली पनि धेरै छन् । सललहामा पाकिस्तानी, बंगाली र भारतीय नागरीकहरूसँग बसेका छन् । यसबाट विकृति पनि सुरु भएको सुनिन्छ । 'लिभिङ टुगेदर बस्नेहरू बढी यौनशोषणमा पर्छन्', किरण भन्छिन्- 'ओमनीहरु जबर्जस्ती गर्न भने खोज्दैनन् । 'उनीहरू बढी धर्ममा विश्वास गर्छन् । बरु लालच देखाउने, मायामा पार्ने प्रयास गर्छन् ।'
भागेर बाहिर बस्नेहरू बढिरहेका छन् । 'यो सहरमा मात्रै दुई सयजना महिला भागेको प्रहरीमा उजुरी परेको छ', संयोजक सुनुवारले भने, 'सबै घरमालिकहरु उजुरी गर्दैनन् ।' भाग्नेहरू नै भगाउने काममा सक्रिय छन् । 'साथी बनाउन भगाइरहेका छन्', किरणले भनिन्, 'एकजना पाकिस्तानीसँग बस्दै आएकीले ८ जना केटीलाई भगाएर विदेशीसँग विवाह गरिदिएकोसम्म छ ।' भगाएकालाई अवैध यौनधन्दामा लगाइएको उदाहरणसमेत छन् । 'भर्खरै बंगालीको कोठामा छापा मार्दा अवैध धन्दामा लगाएको अवस्थामा नेपाली चेलीहरु समातिए', १२ वर्षदेखि कार्यरत गलेश्वर कास्कीका देवी गुरुङले भनिन्, 'कसैलाई त्यस्तो धन्दामा लाग्न बाध्य पारिएको छ भने कोही राजीखुसी नै लागेका छन् ।'
यसरी भागेका सहजै काम गर्ने घर र्फकन पाउँदैनन् । 'प्रहरीमा चोरीको मुद्दा पनि लगाइदिएका हुन्छन्', सनुवारले थपे, 'त्यो प्रमाणित भए जेल बस्नुपर्छ । त्यही डरले घरजाने प्रतीक्षामा वर्षौर्सम्म आउटपास कुरेर बसेका पनि छन् ।'
माइती-चेली कटाक्ष
सललहामा माइती-चेलीबीच एकअर्काप्रति अविश्वास गर्ने परिपाटीले सम्बन्धमा खाडल बढ्दैछ । 'दिदीबहिनी'ले नेपालीको बदनामै गराए भनेर दाजुभाइले चिन्ता देखाइरहँदा चेलीको जवाफ हुन्छ, 'दाजुभाइ धोका दिनमात्रै खप्पिस भए ।' लम्जुङका दिपक तामाङले भने, 'जुन औंलामा बिख लाग्यो, त्योमात्रै झर्दैनरहेछ, अरुमा लाग्दोरहेछ ।' हालैमात्र काभ्रेका लामा नाम गरेकाले विवाह गर्छु भनेर ८ सय रियाल खाइदिएको किरणले सुनाइन् । 'विवाह गर्ने भनेर काम गरेको ज्यालासमेत लिएर बेपत्ता भएका धेरै छन्', भनिन्, 'त्यतिमात्रै होइन, घर पठाइदिनु भनेको तलबसमेत खाइदिएका छन् ।' यस्तो घटना बढेपछि धेरै चेलीको विश्वासशीला भारतीय, पाकिस्तानी र बंगालीहरु भएका छन् । 'हाम्रा चेलीले बंगालीलाई नजिक देख्छन् । हाम्रा अगाडि गार्डेनमै अँगालोमा बाँधिन्छन्', बुटवलका एक युवाले रोष प्रकट गरे, 'जेजस्तो भए पनि हामीलाई त्यस्तो देख्दा असह्य हुँदोरहेछ ।'
माइतीकै सहारा
जतिसुकै सम्बन्ध बिगि्रए वा अविश्वास भए पनि पर्दा भने उनीहरूबीच एकता हुन्छ । चन्दा उठाउनेदेखि दलालविरुद्ध एकजुट देखिन्छन् । 'महिनैपिच्छे केटीहरु झुन्डिएर मरेका छन् । उनीहरुको शव काबुस अस्पतालमा पुगिसकेपछि मात्रै आउँछ', देवीले भनिन्, 'यस्ता घटनाहरुमा सबैजना एकढिक्का हुन्छौं ।'
यातना दिइएको घरबाट उद्धार गर्नेदेखि चन्दा उठाएर पठाउनेसम्म उनीहरू सक्रियता छ । दूतावास नभइदिँदा महिनौसम्म शव अस्पतालमै हुन्छ । अरुण खोला, नवलपरासीका डोलराज डुम्रेले भने, 'दूतावास नभइदिँदा हाम्रो पक्षमा बोलिदिने कानुनी निकाय छैन ।' भागेर गइसकेपछि उद्धार गर्ने काम भने निकै जटिल छ । सुनुवारका अनुसार दुःख पाएर भागिसकेपछि समस्या समाधान गर्न आउँदा सम्बन्धित निकायमा कुरा राख्ने अवसरबाट बञ्चित हुनुपरेको छ ।Source :ekantipur