छोराछोरीको हत्या गरेर आत्महत्या
News, राष्ट्रिय समाचार 9:27 PM
चैत ६ – गरिबीका कारण बारामा एक महिलाले दुई छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेकी छन् । बाराको अमाव गाउँ बिकास समिति वडा नम्बर ४ का मुक्ति चौधरीकी श्रीमती रमिताकुमारीले आइतबार राति आफ्ना अढाई वर्षिय छोरा कुन्दन र ९ महिनाकी छोरी सुगन्धाको हत्या गरेर आफूले आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।
ज्याला मजदुरी गर्ने श्रीमान काम गर्न बाहिर गएको बेला रमिताले छोराछोरीको घाँटी थिची हत्या गरेर घरमै झुण्डिएको प्रहरीको भनाई छ । बारा प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको पनि जनाएको छ ।