पश्चिम सुर्खेतको लगामस्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय एसएलसी र विद्यालयस्तरीय परीक्षाको मुखैमा तालाबन्दी भएको छ।
News, राष्ट्रिय समाचार 9:31 PM
चैत ६- राजनीतिक द्वन्द्व चर्किदै जाँदा पश्चिम सुर्खेतको लगामस्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय एसएलसी र विद्यालयस्तरीय परीक्षाको मुखैमा तालाबन्दी भएको छ। शिक्षक नियुक्तिको विवादबाट सुरु भएको कांग्रेस र एमालेबीचको झगडा पछिल्लो समय छुरी हानाहानसम्म पुगेपछि एमाले समर्थक विद्यार्थीले विद्यालयमा तेस्रोपटक तालाबन्दी गरेका हुन्। तालाबन्दीपछि मंगलबारदेखि सुरु हुने एसएलसी र कक्षा १ देखि ९ सम्मको विद्यालयस्तरीय परीक्षा प्रभावित हुने प्राचार्य नरबहादुर बान्तोलाले बताए। 'परीक्षाको मुखैमा स्कुलमा तालाबन्दी भएपछि परीक्षा कसरी चलाउने भन्ने अन्यौल भएको छ,' समस्या समाधानको आशमा सदरमुकाम वीरेन्द्रनगरमा भौतारिइरहेका बान्तोलाले भने, 'ताला नखुले त परीक्षा नै स्थगित गर्नुपर्ला जस्तो छ।' यस वर्षको एसएलसीमा विद्यालयबाट ६६ विद्यार्थी सहभागी हुने उनले बताए।
एसएलसीको परीक्षा केन्द्र गुठुमा तोकिएको भए पनि स्कुल बन्द हुँदा विद्यार्थीसँग भेटघाट गरेर सहजीकरण गर्नसमेत नसकिएको बान्तोलाले बताए। एसएलसीमा सहभागी हुने विद्यार्थीलाई परीक्षाअघि स्कुलमा बोलाएर 'कोचिङ' दिने चलन रहे पनि यस वर्ष असंभव भएको उनले दुःखेसो पोखे। 'दुःख गरेर पढाएका विद्यार्थीलाई परीक्षाअघि सामान्य भलाकुसारी गर्न मन त थियो,' उनले भने, 'तर विवादले स्कुलमा जानै नसकिने भएपछि सोचेरमात्र के गर्नु?'
जिल्लास्तरीय एकीकृत परीक्षा समितिले यस वर्ष १ देखि ९ सम्मको परीक्षा पनि मंगलबारदेखि तोकेको छ। तर, तालाबन्दी भएपछि समितिको कार्यतालिकाअनुसार परीक्षा सञ्चालन गर्न नसकिने विद्यालयले जनाएको छ। यसबाट करिब ६ सय विद्यार्थी प्रभावित हुनेछन्।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मायाराम जैशीले समस्या समाधान गरेरमात्र विद्यालयस्तरीय परीक्षा सञ्चालन गरिने बताए। 'बरु दुईचार दिन ढिलो होला, ताला नखोलेर कसरी परीक्षा गर्ने?' उनले भने। यसको लागि जिल्ला शिक्षा कार्यालय र एकीकृत परीक्षा समिति पनि सहमत भएका जैशीले बताए।
विद्यालय व्यवस्थापन समितिले भदौ २६ गते कांग्रेस समर्थक भक्तबहादुर बान्तोलालाई शिक्षक नियुक्त गरेपछि लगाम उमावि तालाबन्दीको सिकार भएको हो। नियुक्तिको विरोध गर्दै त्यसको तीन दिनपछि स्थानीय एमाले र माओवादी कार्यकर्ताले विद्यालयमा तालाबन्दी गरेका थिए। तालाबन्दीकै क्रममा तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलसहितको टोली विद्यालयमा गएपछि दुवै पक्ष ताला खोल्न सहमत भएका थिए। पहिलोपटक लगाइएको ताला कात्तिक ९ गते खुलेको थियो।
तर, त्यही 'इगो'ले एमाले कार्यकर्ताहरुले मंसिर अन्तिम साता प्राचार्य बान्तोला र व्यवस्थापन समिति अध्यक्ष जैशीलाई कुटपिट गरेपछि मंसिर २६ देखि विद्यालयमा दोस्रोपटक ताला लाग्यो। सदरमुकाममा दुवै पार्टीका जिल्लास्तरीय नेताहरु बसेपछि पुस १० गते विद्यालय खुलेको थियो। 'हामीले झगडा गरेर भन्दा पनि मिलेर जानुपर्छ भन्ने सहमति गरायौँ,' एमाले जिल्ला सचिवालय सदस्य रहेका लगामका स्थानीय मोहन बडुवालले भने, 'तर विवाद बढ्दै जाँदा समस्या फेरि उस्तै भयो।'
पछिल्लोपटक फागुन २४ गते अनेरास्ववियु र नेविसंघका विद्यार्थीबीच झगडा भए पनि पुरानै 'इगो'ले तालाबन्दी भएको प्राचार्य बान्तोला बताउँछन्। सम्पूर्ण प्रक्रिया पुर्याएर शिक्षक नियुक्ति गरेको र जिल्ला शिक्षा कार्यालयले समेत समर्थन जनाएको अवस्थामा राजनीतिक आस्थाकै आधारमा पटकपटक कांग्रेस समर्थकमाथि आक्रमण हुने गरेको बान्तोलाले बताए।
पछिल्लोपटकको झडपमा कांग्रेसनिकट लालबहादुर बान्तोला, हर्कबहादुर बान्तोला, राजेन्द्र बान्तोला र नरेन्द्र चालिसेमाथि खुकुरी भई घाइते भएका पार्टीले जनाएको छ। एमालेले पनि आफ्ना कार्यकर्ताद्धय खड्कबहादुर थापा र दीपक थापा घाइते भएका जनाएको छ।
प्रशासनको मौनताराजनीतिक द्वन्द्वले परीक्षाको मुखमा मात्र होइन, त्यसअघि करिब दुई महिनासम्म विद्यालय बन्द भए पनि स्थानीय प्रशासनले समस्या समाधानको लागि खासै चासो दिएको देखिँदैन। प्राचार्य बान्तोला र व्यवस्थापन समिति अध्यक्ष जैशी विद्यालय बन्द हुँदाको पीडा पोखिरहँदा प्रमुख जिल्ला अधिकारी बसन्तकुमार उपाध्यायले 'जसरी पनि विद्यालय खोल्न निर्देशन दिएको' बताए। 'हामीले एसएलसीको मुखैमा विद्यालय बन्द भएपछि खोल्न निर्देशन दिएका छौँ,' उनले भने, 'अब छिट्टै समस्या समाधान हुन्छ।' झडपको क्रममा खुकुरी हान्नेमाथि कानूनी कारबाही सुरु भएको बारे भने उनले अनभिज्ञता व्यक्त गरे।