Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवले आइतबार राति रक्सी पिएर अस्पतालमा दुर्व्यवहार

 चैत्र ६ - स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवले आइतबार राति रक्सी पिएर वीर अस्पतालको आकस्मिक कक्षमा पुगी चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकारहरूलाई अभद्र व्यवहार गरेका छन् ।अस्पतालमा अभद्र व्यवहार गर्दै करिब एक घन्टा बिताएपछि राज्यमन्त्रीलाई जनसेवा प्रहरीको समूहले पछाडिको गेटबाट सुटुक्क बाहिर निकालेको थियो । आकस्मिक विभागका चिकित्साकर्मीहरूका अनुसार राज्यमन्त्रीसँगै आएका उनका अंगरक्षकले समेत रक्सी पिएका थिए । 'उपकुलपति र निर्देशकलाई १५ मिनेटमा हाजिर गर, नत्र भोलि लात्तीले हानेर निकाल्छु भने राज्यमन्त्रीले,' इमर्जेन्सीमा कार्यरत एक चिकित्सकका अनुसार , 'उनी करिब ८ बजेर २५ मिनेटमा यहाँ आए, मुख गनाइरहेको थियो, जँड्याहा जस्तै बोली लरबराइरहेको थियो ।'अस्पतालमा रहेका बिरामीका आफन्त र कुरुवाहरूले राज्यमन्त्री रक्सी खाएर आएको हुनाले उनको मापसे जाँच गर्नुपर्ने आवाज उठाउन थालेपछि उनी लुसुक्क पछाडिको बाटोबाट प्रहरीको सहयोगमा निस्किएका थिए । बाहिर निस्किएलगत्तै उनी आफ्नो गाडीमा अस्पताल परिसर बाहिर निस्किएको प्रत्यक्षदर्शीले बताए ।मन्त्रीले इमर्जेन्सीमा कार्यरत डा. विनिता श्रेष्ठ जोशीलाई १५ मिनेटभित्रै निर्देशक, उपकुलपति र इमर्जेन्सीका प्रमुखलाई बोलाउन भनेका थिए । उनीहरू नआए 'भोलि लात्तीले हानेर निकाल्ने' धम्कीसमेत दिएका थिए । चिकित्सकहरूका अनुसार राज्यमन्त्री आफन्तलाई हेर्न अस्पताल पुगेका थिए । उनी इमर्जेन्सीबाट आईसियु गएर फेरि इमर्जेन्सीमै फर्केका थिए । सद्भावना पार्टीका तर्फबाट राज्यमन्त्री भएका यादवलाई त्यतिबेला अस्पताल पुग्नुको कारणबारे सञ्चारकर्मीले सोध्दा छड्के जाँचमा आएको बताएका थिए । लरबरिएको बोलीमा घरिघरि उनी आफन्त बिरामीलाई भेट्न आएको समेत बताइरहेका थिए ।
'९ बजे छड्के पनि हुँदैन, बिरामीका आफन्तले १५ मिनेटमा हाजिर होऊ भन्दैमा हाजिर हुन सकिने कुरा हैन,' अस्पतालका निर्देशक डा.बुलन्द थापाले राति साढे १० बजे भने, 'यो जनताको अस्पताल हो, कोही मन्त्री, प्रधानमन्त्री भन्दैमा विशेष गर्नुपर्ने आवश्यकता छैन । हाम्रा लागि सबै बिरामी समान हुन् र सबैलाई हाम्रो क्षमताले भ्याएसम्मको सेवा गर्ने नै हो ।' राज्यमन्त्री अस्पताल पछाडिको गेटबाट गएको जनाउँदै डा. थापाले आफूले यस प्रकरणमा छानबिन गरिरहेको जनाए । 'राज्यमन्त्रीजी मादक पदार्थ सेवन गरेर अस्पतालमा आएका थिए,' वीर अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडभरीले भने, 'उहाँले अस्पताल हाताभित्र तथानाम अपशब्द बोल्नुभयो, हाम्रै अगाडि पत्रकारलगायत अन्यलाई तथानाम गर्दै हातपातसमेत गर्नु भयो ।' उनले यो प्रकरणको भत्र्सना गर्दै छानबिनको माग पनि गरे ।
राज्यमन्त्रीले त्यहाँ तस्बिर खिच्न पुगेका फोटो पत्रकारलाई समेत छाडेनन् । 'मलाई साले फोटो खिच्छस् भनेर पाखुरामा हाने,' सौर्य दैनिकका फोटो पत्रकार ज्ञानेन्द्र कार्कीले भने, 'उनले पत्रकारहरूलाई अपशब्द प्रयोग गरे । उनका गार्डले पनि रक्सी खाएका थिए ।' बिरामीका आफन्त र कुरुवाहरूले भने राज्यमन्त्रीले आफ्ना बिरामीका लागि मात्रै विशेष सुविधा खोज्नु नाजायज भएको उल्लेख गर्दै उनको व्यवहारले अन्य बिरामीले समेत दुःख पाएको गुनासो गरे ।स्रोत :कान्तिपुर 

Posted by Arghakhanch Online on 10:06 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवले आइतबार राति रक्सी पिएर अस्पतालमा दुर्व्यवहार

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com