Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

काठमाडौंमा बर्डफ्लुका कारण एकै फार्मका १५ हजार कुखुरा सखाप

 
 चैत्र ५ - रसियामा व्यवसाय गरिरहेका रंगनाथ पौडेलले नेपालमा कृषि क्षेत्रमा सम्भावना देखिएपछि स्वदेशमा लगानी बढाउन थालेको ३ वर्ष नपुग्दै ठूलो क्षति बेहोर्नुपरेको छ । कृषिमै ६ करोड लगानी गर्ने योजना बनाएका पौडेललाई त्यो बेला ठूलो धक्का लाग्यो जब उनको कुखुरा फार्मका १५ हजार कुखुरा एक हप्ताभित्र सखाप भए । बर्डफ्लु एकाएक फैलिएपछि सबै कुखुरा मरेका छन् । यतिखेर उनको समय फार्म सफा गर्नमै बितिरहेको छ । राजधानीको मनहरास्थित सुकुम्बासी बस्तीमा एभियन एन्फ्लुएन्जा (बर्डफ्लु) देखिएको ५ महिनापछि काठमाडौं शेषनारायण गाविसको फर्पिङमा फेरि यो रोग देखिएको छ ।
फ्लु नै भएको सरकारी अधिकारीले पनि पुष्टि गरिसकेका छन् । मरेका कुखुरामा बर्डफ्लुका जीवाणु देखिएको त्रिपुरेश्वरस्थित पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा. रामकृष्ण खतिवडाले बताए । फागुन ३० गते हाम्रो प्रयोगशालामा आएको नमुना परीक्षण गर्दा ती कुखुरा बर्डफ्लुले मेरेको पुष्टि भयो । उनका अनुसार, शुक्रबार र शनिबार काठमाडौं पशु सेवा कार्यालय र निर्देशनालयले पौडेलको फार्म निरीक्षण गरेको थियो । फार्म सञ्चालक पौडेलका अनुसार ३२ रोपनी क्षेत्रफलमा स्थापना गरिएको फार्ममा रहेका १५ हजार १ सय ६० लेयर्स कुखुरा ८ दिनमा सकिए ।स्रोत :कांतिपुर 

Posted by Arghakhanch Online on 9:33 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for काठमाडौंमा बर्डफ्लुका कारण एकै फार्मका १५ हजार कुखुरा सखाप

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com