Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

दुर्घटनामा मोर्टोनको मृत्यु

फागुन २३ - वेस्ट इन्डिजका पूर्व टेस्ट एवम् एकदिवसीय ब्याट्सम्यान रुनाको मोर्टोनको कार दुर्घटनामा मृत्यु भएको छ। वेस्ट इन्डिजबाट १५ टेस्ट खेल्दै मोर्टोनले २२.०३ को औसतमा ५ सय ३७ रन बनाएका थिए। उनले वेस्ट इन्डिजबाट अन्तिम पटक अस्ट्रेलियासँग २०१० मा ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएका थिए।
टि्रनिडाडमा उनको कारले नियन्त्रण गुमाएपछि ३३ वर्षे मोर्टोनको मृत्यु भएको टि्रनिडाड समाचारपत्रको वेबसाइटमा जनाइएको छ। वेस्ट इन्डिज क्रिकेट बोर्डले उनको निधनमा समवेदना प्रकट गरेको छ। 'यस्तो दुःखद समाचारका कारण हामी मर्माहित छौं, मोर्टोन परिवारलाई हाम्रो समवेदना छ,' बोर्डको अफिसियल टि्वटर पेजमा भनिएको छ।
उनलाई थुप्रै पटक बोर्डले कारबाही गरिसकेको छ। २००१ को जुलाईमा उनलाई वेस्ट इन्डियन एकेडेमीबाट निस्कासित गरिएको थियो। घाइतेको संख्या बढेपछि मार्लोन सामुइल्सको स्थान लिन १ वर्षपछि उनलाई टोलीमा डाकिएको थियो। २००२ को सेप्टेम्बरमा उनले हजुरआमाको मृत्यु भएको भनि झुक्याएर च्याम्पियन्स ट्रफीबाट आफ्नो नाम फिर्ता लिएका थिए। २००४ मा उनलाई आक्रमणमा संग्लग्न भएको भनि प्रहरीले समातेको थियो। 

Posted by Arghakhanch Online on 7:46 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for दुर्घटनामा मोर्टोनको मृत्यु

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com