Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

सात दिनकी सुत्केरी हिरासतमा, नवजात शिशु अलपत्र


फागुन २३- फागुन १५ गते करिब १२ बजे इलाका प्रहरी कार्यालय लेटाङकी प्रहरी जवान रेनुका सोनाम ड्युटी निस्किने तयारी गर्दै थिइन्। त्यही बेला त्रिशुली चोकनजिक कुलोमा नवजात शिशु फालिएको खबर आयो। हत्तपत्त शिशु हेर्न दौडिइन्। पुग्दा नभन्दै कुलोमा सालनालसहितको शिशु भेटियो। चिच्याइरहेको शिशु उद्धारको प्रतीक्षामा थियो। हत्तपत्त उठाइन्। साल फालिन र नाल काटिदिइन्। हेर्दा निक्कै सिकिस्त बिरामीजस्तो देखिने शिशुलाई नजिकै स्वास्थ्य चौकी पुर्‍याइन्। स्वास्थ्य केन्द्रका डाक्टरले बच्चालाई निमोनिया भएको आशंका गरेपछि भोलिपल्टै विराटनगरस्थित कोसी अञ्चल अस्पताल ल्याइयो। 'मरेको भए कसको बच्चा कसेको हो? अनुसन्धान गरी मुचुल्का बनाउनु भन्ने आदेश थियो, तर ज्युँदै भेटिएकाले हत्तपत्त सालनालको काम सकेर अस्पताल पुर्‍याएँ,' कोसीमा सात दिनको उपचारपछि डिस्चार्ज गरिएको शिशुको अवस्था सुनाउँदै सोनामले नागरिकसँग भनिन्, 'समयमै नपुगेको भए जे पनि हुने रहेछ।'
त्यो शिशु वारङ्गी-७ की ( लेटाङ-२ मा डेरा बस्ने) २८ वर्षीया शुकमाया लिम्बूको थियो। अनपढ र सोझी शुकमायाको कोखबाट त्यही बिहान ७ बजे छोरा जन्मिएको थियो, जसलाई सामाजिक हैसियत दिने आधार नभेटेपछि उनले कुलोमा फालिदिइन्। 

उनका पति लोकबहादुर लिम्बू साढे चार वर्षदेखि वैदेशिक रोजगारीमा छन्। विपन्नताले पिरोलिएका यी दम्पतीका दुई छोरी पनि छन्। गत जेठको एक दिन शुकमाया सासु-ससुराकहाँ गएकी थिइन्। मदिरा सेवन गरी मात्तेका काका-ससुरा मणिलालले शुकमायालाई जबरजस्ती गरे। 'गाउँ समाजले थाहा पाउने डरले काका ससुरासँग प्रतिकार गर्न नसक्दा यस्तो हालत भयो,' शुकमायाले भनिन्, 'तीन महिनादेखि उनी भागेका छन्।'
शुकमायामाथि मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महलअन्तर्गत नवजात शिशु फालेको अभियोगमा मुद्दा दायर गरी हिरासत लिएर अनुसन्धान थालिएको छ। उक्त मुद्दामा चार वर्षसम्मको सजाय हुने व्यवस्था छ। 
आफ्नै काका ससुराको गर्भ बोकेकी शुकमायालाई गर्भपतन गराउने चेतना पनि भएन। 'बच्चा फाल्न सकिने कुरा थाहा भएन,' उनले भनिन्, 'औषधी पाइन्छ भन्ने कुरा थाहा पाएको भए, पहिले नै फालिसक्थेँ।'
शुकमाया हिरासत परेपछि उनीबाट अवैध जन्मेको शिशु व्यवस्थापन गर्न प्रहरीलाई समस्या परेको छ। 'कानुनतः आमालाई हिरासत राख्नुपर्ने हुन्छ, हिरासतमा यो बच्चा राख्न मिल्दैन,' मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले भने, 'जिल्ला बाल कल्याण समितिसँग छलफल गर्दैछौं, कहाँ लगेर पालनपोषण गर्ने टुंगो लगाउँछौं।' अस्पतालबाट सोमबार दिउँसै डिस्चार्ज गरे पनि यो शिशुलाई कहाँ लैजाने भन्ने टुंगो लागेको छैन। 
विदेशमा रहेका शुकमायाका श्रीमान्ले शिशु जिम्मा नलिने बताएपछि कसको जिम्मा लगाउनेबारे मंगलबार जिल्ला बालकल्याण समितिमा छलफल हुने भएको छ। समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमसँग मौखिक जानकारी गराइएको बताउँदै डिएसपी चतुर्वेदीले भने, 'छलफल गरेर उपयुक्त विकल्प खोज्ने सल्लाह भयो।'
कोसीमै डेलिभरी गर्न आएकी सोल्टिनीले खबर बेखबर बच्चा भेटिएको थाहा पाएपछि सन्तान नभएर पिरोलिएकी सुनसरी हासपोसा-९ की चन्द्रमाया लिम्बू जिल्ला प्रहरी कार्यालय मोरङ आइपुगेकी थिइन्। आवश्यक कानुनी प्रक्रिया बुझेर दिन मिल्ने नमिल्ने टुंगो लागेपछि मात्रै शिशु जिम्मा लगाउने बताएकाले उनी शिशु कुरिरहेकी छन्। 
बिहे भएको २१ वर्षसम्म पनि सन्तान नजन्मेपछि उनी अलपत्र शिशु खोजेर सन्तानको रहर पुर्‍याउन वर्षौंदेखि भौंतारिरहेकी छिन्। 'धेरै खोजेँ, तर कतै भेटिनँ,' चन्द्रमायाले भनिन्, 'यो बच्चा पाए, सन्तानको रहर पूरा हुने थियो।'source ( नागरिक)

Posted by Arghakhanch Online on 8:08 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for सात दिनकी सुत्केरी हिरासतमा, नवजात शिशु अलपत्र

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com