Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

लडाकुबाट उठाएको लेबीबाट वाइसिएललाई प्याकेज दिने तयारी गरेको छ

फागुन २३- एकीकृत माओवादीले लडाकुबाट उठाएको लेबीबाट वाइसिएललाई प्याकेज दिने तयारी गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा कमाण्डर र वाइसिएल नेतृत्वबीच लडाकुको लेबीबाट प्याकेज दिने सहमति भएको हो। स्वैच्छिक अवकास लिएका लडाकुलाई सरकारले रकम दिएपछि लडाकुबाट वाइसिएल बनेकाले रकम माग गरेका थिए। उनीहरूको माग अनुसार पार्टीले प्याकेज दिने निर्णय गरेको थियो। छलफलमा पार्टीले यसअघि गरेका निर्णय कार्यन्वयन गर्ने सहमति भएको छ। पार्टी हेडर्क्वाटर, डिभिजन कमान्डर, वाइसिएल नेतृत्व सहितको टोलीले २५ गते बैठक बसेर प्याकेजबारे निर्णय गर्ने तयारी भएको वाइसिएलका पूर्वमहासचिव दिलिप प्रजापतिले बताए। 'आर्थिक प्याकेजबारे छलफल गर्न २५ गते पुनः बस्दै छौं, २८ गतेबाट काम सुरु गर्ने निर्णय भएको छ', प्रजापतिले भने। 
लडाकुबाट वाइसिएल बनेर कति पार्टी सम्पर्क बाहिर भएकाले उनीहरूको लगत लिने निर्णय भएको छ। माओवादी शान्ति प्रक्रियामा आएपछि लडाकुका कमान्डरसहित ३५ सय वाइसिएल बनेका थिए। उनीहरूलाई ब्यारेकमा राखेको भनी दलहरूबाट बारम्बार आलोचना आएपछि केही समयदेखि वाइसिएलले गतिविधि सञ्चालन गरेको छैन। अध्यक्ष दाहाल, स्थायी समिति सदस्य नेत्रविक्रम चन्द, पोलिटब्युरो सदस्य जनार्दन शर्मा, वाइसिएलका दिलिप प्रजापति, उमा भुजेल, आन्दोलनरत वाइसिएल प्रतिनिधिबीच भएको छलफलमा लडाकुबाट उठाएको रकमबाटै प्याकेज दिने सहमति छलफल भएको छ। 'के कति दिने भन्ने निर्णय भएको छैन। पहिले कति पार्टी सम्पर्कमा छन्, उनीहरूको तथ्यांक लिएर प्याकेजको बनाउने निर्णय भएको छ। २८ गतेबाटै त्यो कार्य सुरू हुन्छ,' प्रजापतिले भने। प्याकेजको रकम लडाकु र पार्टीमा उठेको लेबीबाटै दिने छलफल भएको थियो। 'निर्णयलाई पार्टीले व्यवहारिक रूपमा कार्यान्वयन गर्नु पर्छ। पार्टीमा लेबीबाट उठेको पैसा र पिएलएबाट उठेको रकम मिलाएर दिने भन्ने छ,' उनले भने, 'यो निर्णयले साथीहरू खुसी छन्।' प्याकेजसँगै पार्टीले विशेष सम्मानका साथ प्रमाणपत्र दिने निर्णय भएको छ। पूर्व लडाकु वाइसिएलले आर्थिक पारदर्शी, आर्थिक राहत, राजनीतिक बढुवा हुनुपर्ने भनी आन्दोलन घोषणा गरेको थियो। उनीहरूले नेताहरूको गाडीको चाबी खोस्ने, नेतृत्वको घर घेराउजस्ता कार्यक्रम राखेका थिए। पार्टी पदाधिकारीले उनीहरूको माग सम्बोधन गर्न प्रस्ताव लिन स्थायी समिति सदस्य चन्द र पोलिटब्युरो सदस्य शर्मालाई जिम्मा दिएको थियो। उनीहरूलाई १८ गते बस्ने स्थायी समिति बैठकमा पेस गर्ने गरी प्रस्ताव बनाउने जिम्मा दिइएको थियो। १८ गते बैठक बस्न नसकेकाले २५ गतेभित्र टुंग्याउने गरी छलफल भएको छ। चन्द र शर्मालाई वाइसिएलले उठाएका माग सम्बोधन गर्ने गरी प्रस्ताव लिन जिम्मा दिएपछि उनीहरूले आन्दोलन स्थगित गरेका थिए। 'छलफल सकारात्मक देखिएको छ। हामी आशावादी छौं, पार्टीले हाम्रोबारेमा ठिक निर्णय लिएको छ,' प्रजापतिले भने। पार्टीमा वाइसिएललाई सहायक संगठनका रूपमा लिइएको छ। युवाहरूको फोर्सलाई एकीकृत गरेर शारीरिक व्यायाम, सैद्धान्तिक प्रशिक्षण दिएर संगठित गरिएको वाइसिएल पार्टीको नजिक रहेर काम गर्छ। माओवादीले संविधान सभामा यही फोर्सलाई प्रयोग गरेको थियो। 'संविधान सभा चुनावमा ८ देखि १० लाखलाई सदस्यता दिएर परिचालन गरेका हौं,' वाइसिएल इन्चार्ज गणेशमान पुनले नागरिकसँग भने। अहिले पार्टी एकता प्रक्रियामा आएकाहरू समेत थपिएकाले सदस्य संख्या यकिन नभएको उनले बताए। 'चौतर्फी आलोचना भएपछि अहिले कहाँ कसरी परिचालन गर्ने भन्नेबारे यकिन छैन। एकता प्रक्रियामा आएका थपिएका छन्। अहिले अपडेट गरिएको छैन,' उनले भने।

Posted by Arghakhanch Online on 8:16 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for लडाकुबाट उठाएको लेबीबाट वाइसिएललाई प्याकेज दिने तयारी गरेको छ

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com