ग्यास बोटलिङ प्लान्ट स्वचालित हुँदै
News, राष्ट्रिय समाचार 8:18 PM
फागुन २३- ग्यासको जोखिम कम गर्न उद्योगीले बोटलिङ प्लान्टमा स्वचालित प्रविधि जोड्ने तयारी गरेका छन्। वर्षौंदेखि सञ्चालनमा रहेका बोटलिङ प्लान्टको संरचनामै परिवर्तन गरेर केही उद्योगीले स्वचालित बनाउन लागेका हुन्। बाबा, ओम, श्री, साइबाबा र श्रीकृष्ण ग्यास उद्योगले कामदारको (म्यानुअल) प्रयोग गरेर ग्यास भर्ने प्रणाली विस्थापित गरेर सबै मेसिनबाट ग्यास भर्ने प्लान्टमा परिवर्तनको तयारी गरेका छन्। 'ग्यास संवेदनशील वस्तु भएकाले हामी मेसिनबाटै ग्यास भर्ने तयारी गरेका छौं,' ग्यास उद्योग संघका अध्यक्ष एवं बाबा ग्यासका सञ्चालक हरि पाठकले सोमबार नागरिकसँग भने, 'हामी तीनदेखि ६ महिनाभित्रै मेसिनबाट ग्यासको सबै काम गर्ने प्लान्ट राखिसक्छौं।' ओम र श्री ग्यासका सञ्चालकसमेत पाठकै हुन्। नेपालमा स्वचालित ग्यास भर्ने प्लान्ट साल्ट टे्रडिङ कर्पोरेसनको मात्रै छ।
स्वचालित ग्यास भर्ने प्लान्ट राख्दा मानवीय त्रुटि हुँदैन। ग्यास भर्नेदेखि तौल र सिलिन्डरलाई पानीमा डुबाउने (डिप टेस्ट)सम्म मेसिनबाटै हुन्छ। पाठकका अनुसार स्वचालित मेसिन किन्न उनी मंगलबारै भारत जाँदैछन्। 'चेन्नईमा रहेको एक कम्पनीबाट मेसिन किनेर ल्याउने छौं। यही समयमा भारतीय आयल कर्पोरेसनको बोटलिङ प्लान्ट समेत हेरेर आउने छौं,' उनले भने। उनले उपभोक्तालाई पूर्ण सुरक्षित ग्यास पुर्याउन स्वचालितमा जानुपरेको जानकारी दिए। 'ग्यासमा सामान्य मानवीय त्रुटि भयो भने ठूलो मानविय क्षति व्यहोर्नुपर्छ। बोटलिङ प्लान्ट सचेत भइएन भने आगामी दिनमा यो व्यवसायनै जोखिममा पर्ने देखिइसकेको छ,' पाठकले भने, 'त्यसैले पहिलो चरणमा पाँच वटा कम्पनी स्वचालितमा जान लागेका हौं।' साइबाबा र श्रीकृष्ण ग्यास उद्योग समेत ६ महिनाभित्रै स्वचालित प्लान्टमा परिवर्तन गर्दैछ। पाठकले नाफालाई मात्रै नहेरी पूर्ण सुरक्षित ग्यास उपभोक्तामा पुर्याउने दायित्व उद्योगहरुको रहेको बताए। 'उद्योगीले नाफालाई मात्रै हेरेर हुँदैन। उपभोक्तालाई सुरक्षित वस्तु दिनुपर्ने दायित्वसमेत रहन्छ,' उनले भने, 'त्यसैले हामी खर्च गरेर नयाँ संरचनामा जान लागेका हौं।' पाठकले स्वचालित बोटलिङ प्लान्ट स्थापना गर्न दबाब परिसकेको बताउँछन्। 'मानवीय त्रुटिको ठूलो मूल्य चुकाउनुपर्ने अवस्था उद्योगीमा परेको छ,' उनले भने, 'यसले गर्दा सबै बोटलिङ प्लान्टलाई दबाब परेको छ।' कानुन अभावमा धेरै बोटलिङ प्लान्टले न्यूनतम पूर्वाधारै खडा नगरी ग्यास भरेर पठाइरहेका छन्। ग्यास बिक्री वितरण हुन थालेको ४० वर्षभन्दा बढी भइसकेपनि कानुन नबन्दा निश्चित मापदण्ड बन्न सकेको छैन। मापदण्ड नबन्दा आयल निगमका अधिकारीकै तजविजीमा बोटलिङ प्लान्ट स्थापना भएका थिए। आयल निगमका कामु कार्यकारी निर्देशक सुरेश अग्रवालले ग्यास व्यवसायलाई सुरक्षित बनाउन मापदण्ड बनिरहेको बताए। 'अहिलेसम्म बोटलिङ प्लान्टका लागि कुनै मापदण्ड बनेको थिएन। त्यसैले हामीले मापदण्ड तयार गरिरहेका छौं,' उनले भने, 'मापदण्ड बनाएर बोटलिङ प्लान्टलाई सुरक्षित बनाउनेतर्फ लाग्नेछौं।' ग्यास सुरक्षित बनाउनुहोस् 'तपाईंहरुले घर घरमा बम बेचिरहनुभएको छ। कुनै मापदण्ड पूरा नगरी जथाभावी रुपमा ग्यास बिक्री गरेर सबैलाई जोखिममा पारिरहनुभएको छ,' वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सोमबार आफ्नै कार्यकक्षमा ग्यास उद्योगीलाई झपारिरहेका थिए। ग्यासको सिलिन्डर दुईथरी बनाउने विषयमा भएको छलफलमा ग्यास बोटलिङ प्लान्ट नसच्चिए ठूलो दुर्घटना निम्तिने उनले बताए। 'सुरक्षाको कुनै उपाय अबलम्बन नगर्ने कमाउन मात्रै लाग्ने र आफू मोटाउनेतर्फ लाग्नुभएको छ,' उनले भने, 'यसरी ग्यास उद्योग चल्दैन र सरकार मुकदर्शक भएर बस्दैन।' मन्त्री भट्टले विगतमा अनावश्यक रुपमा बोटलिङ प्लान्ट दिएकोले समस्या समाधान गर्न कठिन भएको बताए। 'विगतमा कुनै मापदण्डबिनै ग्यास बोटलिङ स्थापना गर्न दिइयो। अहिले समस्या बल्भि्करहेको छ,' उनले भने। उनले ग्यास नपाउने आंशकाले घर घरमा ग्यास भण्डारण गर्ने क्रम बढेको बताउँदै यसरी ग्यास जम्मा पार्नु दुर्घटनालाई निम्त्याउनु भएको धारणा राखे। 'कालिमाटीमा आगलागी हुँदा ग्यासका सिलिन्डर भएको भए धेरै क्षति हुन्थ्यो,' भट्टले भने। उनले ग्यास अभाव नहटनुमा जम्मा पारेर राख्ने प्रवृत्ति प्रमुख कारण रहेको बताए। 'पाँच तारे होटलले दुई महिनालाई धान्ने ग्यास जम्मा पारेका राखेका छन्। एउटा पाँच तारे होटलले दैनिक ४० सिलिन्डर खपत गर्छन्,' उनले भने, 'यो अनुपातमा एउटै होटलले दुई महिनाका लागि २४ सय सिलिन्डर राखेका छन्। यस्तो भएपछि अभाव हट्दैन।' भट्टले होटलहरुले कम्तीमा एक सातालाई पुग्नेमात्रै ग्यास राखेको भए ग्यास अभाव नहुने ठोकुवा गरे। उनले अहिले मध्यम र हुनेखाने वर्गले औसतमा ६ वटा सिलिन्डर जम्मा पारेर राखेको बताए। फेब्रुअरी महिनामा १७ हजार ५ सय टन ग्यास आएको थियो। यो अहिलेसम्मकै सबैभन्दा बढी ग्यास हो। आयल निगमका अनुसार आर्थिक वर्ष २०६७/०६८मा वार्षिक औसत १३ हजार २ सय ७४ टन ग्यास आएको थियो। चालु आर्थिक वर्ष २०६८/०६९मा औसतमा १४ हजार १० टन ग्यास आएको छ। 'यति धेरै ग्यास आउँदा समेत अभाव किन घटेन त,' मन्त्री भट्टले भने, 'पेट्रोल र डिजेलजस्तै जम्मा पारेर राख्ने प्रवृति ग्यासमा देखियो जुन अत्यन्तै खतरानाक छ।' उनले केही बोटलिङ प्लान्टले निश्चित मुनाफाका लागि उद्योग परिसरबाटै ग्यास बिक्री गरिरहेको बताए। 'डिलर र ढुवानी भाडा जोडेर ६० रुपैयाँ थप नाफा हुने देखेपछि केही कम्पनीले उद्योग परिसरबाटै ग्यास बिक्री गरेका छन्,' उनले भने, 'यसले पनि अभाव हट्न सकेको छैन।' उनले उद्योगबाटै कालोबजारीजस्तो जघन्य अपराध भइरहेको बताउँदै यसलाई नियन्त्रण गर्न उपभोक्ता सचेत हुनुपर्ने धारणा राखे। 'बेइमानीलाई नियन्त्रण गर्न सबै निकाय सचेत हुनुपर्छ,' भट्टले भने, 'सबैभन्दा बढी उपभोक्तानै सचेत हुनुपर्छ।' उनले अनुगमन गर्ने निकायनै 'प्यारालाइज्ड' भएकाले जम्माखोरीको मनोबल बढेको बताए। 'अनुगमन गर्ने निकाय सबै प्रभावकारी छैनन्। मान्छेको एउटा खुट्टा नचलेजस्तै कुनै निकाय प्यारालाइज्ड छ,' उनले भने। भट्टले मापदण्डभित्र नरहेका बोटलिङ प्लान्टले निश्चित समयभित्र नसुधारेमा कारबाही थालिने जानकारी दिए। 'मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका बोटलिङ प्लान्टलाई हामीले सुर्धान समय दिएका छौं,' उनले भने, 'समयभित्र नसुधारेमा कारवाही गर्छौ। उसलाई ग्यास दिन बन्द हुने छ।'