शरीरमा मट्टीतेल खन्याएर २ छोरी सहित आमाद्वारा आत्महत्या
News, राष्ट्रिय समाचार 8:42 PM
फाल्गुन २३ (, कास्कीको लेखनाथ नगरपालिका वडा नम्बर ८ सिसुवामा एक महिलाले शरीरमा मट्टितेल खन्याएर आत्महत्या गरेकी छन् । आत्महत्या अघि उनले आफ्नै २ छोरीलाई समेत आगो लगाएकी छन् । घटनामा परी आमा सिता ओझा १३ वर्षकी छोरी सिमाना ओझा र अर्की ८ वर्षकी स्वस्तिका ओझाको मृत्यु भएको छ । सिता र सिमानाको घटनास्थलमै र स्वस्तिकाको पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।