Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

नक्कली निरीक्षक र सहायक पक्राउ

 चैत ११- एसएलसी परीक्षामा निरीक्षक र कार्यालय सहायक हुँ भन्दै छिरेका दर्जन शिक्षक पक्राउ परेर छाडिएका छन्। जिल्लाको दुर्गम गाविस इनामेस्थित उमावि झिल्के पोखरी केन्द्रमा शुक्रबार सञ्चालित गणित विषयको परीक्षामा निरीक्षक र कार्यालय सहायकको विल्ला भिरेर छिरेका १० मध्ये ९ जनालाई अनुगमन गर्नेक्रममा पक्राउ गरिएको जिल्ला शिक्षा कार्यालय उदयपुरले जनाएको छ। पक्राउ पर्नेमा ताप्ली मावि चिसापानीका शिक्षक रामअवतार यादव र उद्धवबहादुर श्रेष्ठ, बाराहा माविका मानबहादुर कार्की र रामपुकार भारती, उमावि रुपाटारका लिलाकान्त झा र सिपमान विक, उमावि ठानागाउँका लक्ष्मीप्रसाद पटेल तथा उमावि बलम्ताका अमृतलाल साह र विनोद राई रहेको शिक्षा अधिकारी खडानन्द पराजुलीले बताए। एकजना भने तत्कालै भागेकाले उनको नाम खुल्न सकेको छैन। 
परीक्षा सुरु भएको एकघण्टापछि पुगेको शिक्षा कार्यालयको टोलीले अनुगमन गर्नेक्रममा नक्कली भनेर पत्ता लगाई उनीहरुलाई पक्राउ गरी माफी मगाएर छाडेको टोली प्रमुख निर्मल निरौलाले बताए। उनीहरुलाई कक्षामा निरीक्षण गरेजस्तो गरेर चिट चोराउने नियत राखेको पाइएपछि अनुसन्धान गर्दा नक्कली पत्ता लागेको निरौलाले बताए। शिक्षाका अनुसार ५ वटा विद्यालयका परीक्षार्थीको सहभागिता रहेको सो केन्द्रमा पक्राउ परेका नक्कली निरीक्षक र सहायकहरु तिनै विद्यालयका शिक्षकहरु हुन्। परीक्षा निर्देशिकाविपरित गरेको पाइएपछि उनीहरुलाई तत्काल परीक्षा हलबाट निस्कासन गरेर माफी मगाई छाडिएको केन्द्राध्यक्ष श्यामदेव झालाई उद्धृत गर्दै पराजुलीले बताए। source  नागरिक

Posted by Arghakhanch Online on 8:44 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for नक्कली निरीक्षक र सहायक पक्राउ

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com