शहर बजार को रमझम ले हामीलाई लुभाउदैन
आफ्नो देश र गाउको सम्झना ले कस्लाई सताउदैन
प्रतेक दिन देख्छु सपनी मा हरियो धान को खेत
कुनै लहर बिना  भएको छ् मेरो जीवनको रेत  

सम्झना अती छ् गाउको दिन रात मेरो सपनिमा आउछ
घर नजिकै को रानी बनमा कोयल चरी रमाउछ
सगै सगै हाँस्दै खेल्दै खोल नाला साथी भाई सँग हिंडेको
साथीहरु प्रदेशी यो जीवन मा कोइ छैन यहाँ चिनेको

न् आउछ दसैं न् आउछ तिहार एस्तो छ् यहाँ को रिती
आज मसिन हरुको बिचमा हराएको छ् जीवन को संगीत
धुवा निस्किरहेको छ् बिहान बेलुका हिर्दय मेरो घबराएको छ्
प्रदेशीलाई नै थाहा हुन्छ गाउको सम्झना ले कती सताएको हुन्छ

आउछ सम्झना हाँस्दै खेल्दै गरी दिन रात बिताएको
हासो ठट्टा गर्दै साथी हरुको बिचमा रमाएको
फर्कनता मन थियो स्वदेशमा बाध्यता मा बस्नु परेको छ्
गरीबको पिडा बोकी हामीलाई मरी मरी जिनु परेको छ्

लेखक्;
तुल्सिराम पाण्डे
राङ्बास पचासे  सिमिचौर ८
 गुल्मी नेपाल