एक पसलमा आगलागी हुँदा पाँच लाख रुपैंया बराबरको धनमाल जलेर नष्ट भएको छ
News, राष्ट्रिय समाचार 9:37 PM
चैत ८ –काठमाडौ न्यूरोड रन्जना गल्लीको एक पसलमा आगलागी हुँदा पाँच लाख रुपैंया बराबरको धनमाल जलेर नष्ट भएको छ । उत्तम स्थापितको घरको भूईंतलामा रहेको कपडाको होलसेल पसलमा मंगलवार राती दुई बजेतिर विद्युत शर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा आधा घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।