Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

रुपन्देहीका क्रसर उद्योगहरू सङ्कटग्रस्त अवस्थामा

३० फागुन,  रूपन्देहीका क्रसर उद्योगहरू सङ्कटग्रस्त अवस्थामा रहेकाले क्रसर उद्योग क्षेत्रका समस्या हल गर्न सरकारी निकाय गम्भीर बन्नुपर्नेमा जोड दिइएको छ । क्रसर क्षेत्रका समस्या र समाधानका उपायबारे रूपन्देहीमा आयोजित एक कार्यक्रममा वातावरणमा असर नपुग्ने गरी सञ्चालनको वातावरण बनाउन सहभागीहरूले जोड दिएका छन् ।
उद्योग सञ्चालनको अनुमति दिने सरकारी निकायले उद्योग संरक्षण गर्नेतर्फ चासो नदिएको गुनासोसमेत सहभागीले राखेका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मीले रूपन्देहीको क्रसर उद्योगहरूको समस्या एकपक्षीयरूपमा हल गर्न नसकिने अवस्थामा रहेको बताउनुभयो ।
रूपन्देही उद्योग सङ्घका अध्यक्ष तेजकुमार पाठकले सबै दोष उद्योगीलाई दिएर राज्य पन्छिने प्रवृत्ति हट्नुपर्नेमा जोड दिनुभयो ।     सिद्धार्थ नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु शर्माले राज्यको अस्पष्ट नीतिले उद्योग फष्टाउने वातावरण नभएको भन्दै क्रसर उद्योगका सम्बन्धमा सरकारी निकाय गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । रासस

Posted by Arghakhanch Online on 8:58 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for रुपन्देहीका क्रसर उद्योगहरू सङ्कटग्रस्त अवस्थामा

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com