आखिर विवाह घरबार बसाउनका लागि गरिन्छ ।
News, विचित्रसंसार 8:54 PM
आखिर विवाह घरबार बसाउनका लागि गरिन्छ । तर दुनियामा यस्ता मान्छे पनि छन् जसले घरबार बसाउनका लागि होइन उठिबास लगाउनका लागि बिहे गर्ने गर्छन् । यस्तै मामिलामा भारतमा १ महिला पक्राउ परेकी छिन् ।
श्वेता नामकी ती महिला १६ औँ बिहेका क्रममा पक्राउ परेकी हुन् । सैजपुर इलाकाका एक सुस्तमनस्थितिका पुरुषसँग बिहेको नाटक गरेर घर भित्रिएकी उनले दुलही बनेको रातदेखि नै चोर्ने षड्यन्त्र सुरु गरिन् । उनले देवरको मोबाइलबाट कुनै गोप्य स्थानमा गएर आफ्नो ग्यांगका केटीहरुलाई फोन गरिन् र आफु नयाँ योजनामा प्रवेश गरेको र भोलि काम फत्ते गरेर फर्किने बताइन् । उक्त देवरको फोनमा रेकर्ड सिस्टम रहेछ । जसका कारण ती महिलाले फोनमा गरेका सबै कुरा रेकर्ड भए ।
पछि देवरले मोबाइलको फोन रेकर्ड सुन्दा भाउजु बनेर भित्रिएकी महिलाको करतुत थाहा पाए र प्रहरीलाई खबर गरे । प्रहरी आएर पक्राउ गरी केरकार गर्दा उनले अपराध स्विकार गरिन् र आफुले बिहेको नाटक गरेर घरबाट गरगहना र पैसा चोरेर भाग्ने गरेको खुलासा गरिन् । साथै उनले ग्यांगका अरु साथीहरुको बारेमा पनि पोल खोलिन् । प्रहरीले उनका ३ जना सहयोगीलाई पक्राउ गरेको भएपनि अर्की एक मुख्य योजनाकार आइमाइ भने फरार रहेको जनाएको छ । एजेन्सीको सहयोगमा