Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

भारतले नेपाल आउने कन्टेनरमा अतिरिक्त

चैत ७- भारतले तेस्रो मुलुकबाट नेपाल आउने सामान बीचैमा बिक्री हुने, हतियार ओसारपसार हुन सक्ने आशंका गर्दै अतिरिक्त लक लगाएको थियो। उनले अतिरिक्त लकको व्यवस्थाले आयातकर्तालाई सजिलो भएको र खर्च पनि घटेको बताए।
'आयातकर्तालाई सजिलो र खर्चपनि कम भएपछि अतिरिक्त ताला किन नलगाउने?' मन्त्री भट्टले प्रश्न गर्दै भने, 'यो व्यवस्थालाई कायमै राख्नुपर्छ।'
उनले अतिरिक्त तालाको विषयलाई अन्धराष्ट्रवादी भएर हिड्नु राम्रो नभएको बताउँदै वस्तुवादी भएर सोच्न व्यवसायीलाई आग्रह गरे। 'अन्धराष्ट्रबाद सोच राखेर हुँदैन। वस्तुवादी भएर सोच्ने हो भने तालाले राम्रो गरेको छ,' उनले भने। दुई महिना अघि वाणिज्य सहसचिव ङइन्द्र प्रसाद उपाध्यायको टोलीले कोलकोता बन्दरगाह गएर अतिरिक्त तालाको बारेमा अध्ययन गरेको थियो। यो टोलीले भारतले लगाएको अतिरिक्त तालालाई सकारात्मक रुपमा लिएर उपयुक्त भएको सुझाव दिदैछ।
भारतले अतिरिक्त लक लगाएपछि तत्कालै वाणिज्य मन्त्रालयले समय बढी लाग्ने, प्रक्रियागत झझन्ट हुने, सामान हराउन सक्ने र लागत बढ्ने जनाउँदै लक हटाउन आग्रह गरेको थियो।
विसाखापट्नम छिट्टै
वाणिज्य मन्त्रालयले नेपालले तेस्रो मुलुकसँग व्यापारिक कारोबार गर्न भारतको विसाखापट्नम बन्दरगाह संचालनमा ल्याउन पहल थाल्ने भएको छ।
झन्डै तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणको समयमा यो वन्दरगाह दिन भारतीय सरकार सैद्धान्तिक सहमती जनाएको थियो।
'विसाखापट्न संचालनको लागि आशयपत्र पठाउँदैछौ,' मन्त्री भट्टले भने, 'यो छिट्टै संचालनमा आउनेछ।' उनले विसाखापट्न संचालनमा आएमा तेस्रो मुलुकबाट सामान ल्याउन सजिलो हुने बताउँदै कोलकोता बन्दरगाहमा रहेको अव्यवस्थामा पनि सुधार हुने जानकारी दिए।
'अहिले कोलकोता बन्दरगाहमा व्यवसायीले धेरै समस्या भोगिरहेको गुनासो आएको छ। विसाखापट्नम बन्दगाह संचालनमा आउने वितिकै कोलकोता पनि प्रतिस्पर्धी हुने थाल्नेछन्,' उनले भने, 'यसले हाम्रा व्यवसायीलाई फाइदै हुन्छ।' भारतले विसाखापट्नम संचालन गर्न दिन सैद्धान्तिक सहमति जनाएपनि अतिरिक्त ताला लगाउनुपर्ने शर्तले संचालनमा आउन सकेको थिएन। भारतको आन्द्र प्रदेशमा पर्ने विसाकापटनम बन्दरगाह नेपाललाई तेस्रो मुलुकमा सामान आयात निर्यातका लागि सबैभन्दा उपयुक्त रहेको अध्ययनले देखाइसकेको छ।
अमेरिका, युरोपेली युनियनलगायत् पश्चिमी मुलुकमा सामान पठाउन र आयात गर्न कोलकत्ता बन्दरगाह नेपालका लागि अपायक छ। नेपालको प्रमुख नाका वीरगन्जबाट विसाखापट्नम पुग्न १ हजार ३ सय किलोमिटर सडक दुरी छ। सवारी भाडा लागत कम पर्ने मात्र नभई विसाखापट्नम अन्य धेरै सुविधा पनि छन्। यो भारतको सुविधा सम्पन्न बन्दरगाहमध्येको एक हो। कोलकता र जवाहरलाल बन्दरगाहमा जस्तै यहाँ विलम्ब शुल्क लाग्ने अवस्था रहँदैन। सुविधा प्रसस्त, फराकिलो स्थान र चाप कम भएकाले सामान आयात निर्यातका लागि धेरै समय कुर्नु पर्दैन। यसले कोलकत्तामा जस्तै व्यवसायीलाई विलम्ब शुल्क तिर्नुपर्ने अवस्था देखिदैन।
नेपालबाट तयारी पोसाक, गलैचा, हस्तकलाका सामान पानीजहाजमार्फत् तेस्रो मुलुक जाने गर्छ। यस्तै तेस्रो मुलकबाट नेपाल आउने अधिकांस सामान पनि पानी जहाजमार्फत् आउने गर्छ।

Posted by Arghakhanch Online on 9:19 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for भारतले नेपाल आउने कन्टेनरमा अतिरिक्त

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com