Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

पुष्पकमल दाहालको निर्देशनमा प्रधानमन्त्री बाबुराम भट्टराईले काम गर्ने

चैत ७- सभाषद् एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप गिरीले एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा प्रधानमन्त्री बाबुराम भट्टराईले काम गर्ने गरेको बताउँदै प्रधानमन्त्रीले आफ्नो विवेकमा काम गर्न नसकेको आरोप लगाउनुभयो ।
नेपाली काँग्रेस क्षेत्र नं ४ नवलपरासीले रामनगरको भुमहीमा आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै नेता गिरीले संविधानसभाबाट माओवादीले जनसंविधान बनाउनको निम्ती ल्याएको प्रस्ताव अस्विकार गरेको त्यो काँग्रेसलाई कहिल्यै पनि मान्य नहुने बताउनुभयो ।
उहाँले काँग्रेसमा सत्ताको मोह नरहेको र नेपाली जनताको अनुकुल बन्ने संविधानमा माओवादीलाई काँग्रेसले सधै सहयोग गर्ने बताउनुभयो ।
शान्ति प्रक्रिया पुरा गर्न माओवादीको सरकार असफल भएको बताउदै उहाँले जनताले चाहेको संविधान ल्याउन माओवादीले आलटाल गरेको आरोप पनि लगाउनुभयो ।  
आमसभामा सभासद एवम् नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री भट्टराईको पद मात्र डाक्टर भएको बताउदै थापाले मुलुकको रोगका बारे उनी अनविज्ञ भएको टिप्पणी गर्नुभयो ।
श्री थापाले शासनको सामान्य नियम पनि वर्तमान सरकारले नमानेका कारण मुलुक दण्डहिनतातर्फ उन्मुख भएको बताउनुभयो ।
माओवादीले गरेको १२ बुद्धे समझदारी र चुनावी घोषणा अनुसार जनताको चाहना पुरा गर्न नसकेको र माओवादीले संविधान पनि बनाउन नचाहेको थापाको दाबी थियो ।
नेपाली काँग्रेस क्षेत्र नं ४ का सभापति गुणनिधि तिवारीको अध्यक्षतामा सम्पन्न आमसभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु पदम नारायण चौधरी, मानबहादुर विश्वकर्मा, नवलपरासी जिल्ला सभापति देबेन्द्रराज कण्डेलले शान्ति र संविधानमा माओवादी गंभिर नभएकोमा जोड दिएका थिए । 

Posted by Arghakhanch Online on 9:27 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for पुष्पकमल दाहालको निर्देशनमा प्रधानमन्त्री बाबुराम भट्टराईले काम गर्ने

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com