Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

संसदमा गाइ मार्न माग

३० फागुन,संविधान लेखनको क्रममा सभासद्पिच्छे नयाँ नयाँ माग आइरहेका बेला संसदको विधायन समितिमा पनि ऐन कानुन संशोधनको विषयलाई लिएर निकै चर्काचर्की सुरु भएको छ ।
मुलुकी ऐन खारेज गरेर फौजदारी तथा देवानी मुद्दा सम्बन्धी ऐन निर्माणको क्रममा सभासद्हरुबीच चर्काचर्की भएको हो । विधायन समितिमा रहेको फैजदारी कसुर सम्बन्धी प्रचलिन कानुनलाई संसोधन र एकिकरण गर्न बनेको विधयेकको विषयलाई लिएर केही सभासद्हरु आक्रोसित बनेका छन् ।
विधयेकमा रहेको चौपाया सम्बन्धी कसुरमा गाइगोरु मार्नेलाई सजायको व्यवस्था गरिएको छ । कसैले गाइ वा गोरु मारेमा तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ भने कुटेर अंगभंग गराएमा ६ महिनासम्म कैदको व्यवस्था गरिएको छ । यहीँ सजायँको विषयलाई लिएर सभाषदहरुबीच चर्काचर्की भएको आजको दृष्टि साप्ताहिकमा खबर छ ।
खासगरी जनजाती सभाषद्हरुले गाइ मार्नेलाई कारवाही गर्न नहुने भन्दै विधायन शाखामा संसोधन प्रस्ताव पेश गरेका छन् । गाइलाई हिन्दु धर्मसँग जोड्दै जनजाती सभासदले अरु धर्म मान्नेले गाइ मार्न पाउनुपर्ने जिकिर गरेका छन् ।
तर गाइ हिन्दु धर्मको पवित्र जनावर मात्र नभएर राष्ट्रिय जनावर पनि भएकाले त्यसको संरक्षण गर्नुपर्ने भन्दै गाइ मार्नेलाई कारवाहीको व्यवस्था गरिएको अन्य सभासदको भनाइ छ ।
झण्डै ८० जना जनजाती सभासदहरुले गाइगोरु मार्नेलाई कारवाही गर्ने व्यवस्था हटाउन संसोधन दर्ता गरेपछि अरु सभासदले त्यसमा व्यंग गर्दै उनीहरुले संसदमा गाइ काट्न पाउनुपर्ने माग गरेका बताउन थालेका छन् ।

Posted by Arghakhanch Online on 8:42 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for संसदमा गाइ मार्न माग

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com