Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

डोटीको खातीवडा गाविस १ कटुवाल गाउँको लेकमा एक दम्पत्ती मृत अवस्थामा फेला I

 चैत ५,डोटीको खातीवडा गाविस १ कटुवाल गाउँको लेकमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । कटुवाल गाउँका ६५ वर्षिय काले कटुवाल र उनकी धर्मपत्नी ६२ वर्षीया राजुदेवी कटुवाल मृत अवस्थामा फेला परेका छन् । उनीसँगै कटुवाल दम्पतीको ६ वर्षिय नाती दिपक वेहोस अवस्थामा फेला परेका छन् । 
गाउँदेखि ४ घण्टा टाढा लेकमा रहेका खेतमा आलु लगाउन गएका कटुवाल दम्पती र उनको नाति शनिबार वेलुकासम्म घर नफर्किएपछि गाउँले खोज्न गएका थिए । मृतक कालेको टाउको र शरिरमा चोट लागेको छ भने राजुको मुखबाट रगत बगेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । नावालक दिपक भने वेहोस अवस्थामा छन् । कटुवाल दम्पती शुक्रबार दिउँसो आलु लगाउन लेक गएका थिए ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भरत बोहराका अनुसार शनिबार बेलुकी ७ बजे मात्रै घटना थाहा पाएपछि प्रहरी घटनास्थल तर्फ गएको छ । यो समाचार तयार पारुन्जेल सम्म मृतकको शव घटनास्थलबाट उठाएर गाउँ सम्म ल्याउने तयारी भइरहेको छ । शवलाई पोष्टमार्टमका लागि आईतबार मात्रै सदरमुकाम सिलगढी ल्याइने छ । घटनास्थल सदरमुकाम सिलगढीबाट ८ घण्टाको पैदल पछि मात्रै पुग्न सकिन्छ । 
घटना सुनियोजित हुन सक्ने भन्दै थप जानकारी पोष्टमार्टमपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।स्रोत : नागरिक

Posted by Arghakhanch Online on 4:49 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for डोटीको खातीवडा गाविस १ कटुवाल गाउँको लेकमा एक दम्पत्ती मृत अवस्थामा फेला I

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com