Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

गरीबहरूको वास्तविक सङ्ख्या पत्ता लगाइने

काठमाडौँ,  फागुन १६। सरकारले गरीबहरूको वास्तविक सङ्ख्या पत्ता लगाउने  भएको छ ।

गरिबी निवारण कोषको आज बसेको बैठकले देशभरि कति सङ्ख्यामा गरीबहरू छन् र उनीहरूको अवस्था कस्तो रहेको छ सो पत्ता लगाई परिचयपत्र दिने निर्णय गरेको गरिबी निवारण कोषका उपाध्यक्ष जनकराज जोशीले बताउनुभयो ।

सो कामका लागि उपाध्यक्ष जोशीकै संयोजकत्वमा एक समितिसमेत गठन गरिएको छ ।

यसैगरी समितिलाई सहयोग गर्नका लागि केन्द्रीय तथ्याङ्क विभागमा महानिर्देशकको संयोजकत्वमा अर्को उपसमिति गठन गरिएको छ ।

यसैगरी आजको बैठकले विगतमा ग्रामीण क्षेत्रको मात्रै गरिबीको तथ्याङ्क सङ्कलन गरिने गरिएकोमा अब भने शहरी क्षेत्रको गरिबीका बारेमा समेत अध्ययन गरिने निर्णय भएको उपाध्यक्ष जोशीले बताउनुभयो ।

यसैगरी स्थानीयस्तरमा गठित संयन्त्रहरूलाई व्यवस्थितरूपमा परिचालन गर्ने निर्णय गरिएको छ ।

बैठकमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले गरिबी निवारणको चुनौतीपूर्ण काममा सबैै प्रतिबद्ध भएर लाग्न निर्देशन दिनुभएको थियो । रासस

Posted by Arghakhanch Online on 7:48 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गरीबहरूको वास्तविक सङ्ख्या पत्ता लगाइने

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com